लेखनाथ । पोखरा २६ स्थित प्रगतिटोलको सडक ढलान तथा नाला निर्माण योजनाको सोमबार वडाध्यक्ष नरेन्द्र थापाले शुभारम्भ गरेका छन् ।
सडक निर्माण शुभारम्भ गर्दै उनले सडक तथा नाला निर्माणको गुणस्तरमा ध्यान दिन उपभोक्ता समितिलाई आग्रह गरे । उनले वडा २६ ले पिछडिएको क्षेत्रबाट विकास निर्माणको काम थालनी गरेको बताउँदै सडक महानगरकै नमूना सडक हुने विश्वास व्यक्त गरे ।
उनले सडक तथा नाला निर्माणसँगै हरियाली प्रवद्र्धनमा पनि बिशेष ध्यान दिन आग्रह गरे । वडाले विनियोजन गरेको महानगरस्तरीय योजनामध्येको ठूलो योजना भएको उल्लेख गर्दै उनले निर्माणको गुणस्तर कायम गर्न वडाका प्राविधिकको सहयोग र जनप्रतिनिधिको निगरानी रहने बताए ।
वडा सदस्य तीर्थबहादुर राजभाटले आर्थिक संकटको समयमा पनि उपभोक्ताले ठूलो हिस्सा रकम उठाएर योजना निर्माणमा चासो दिएको बताए । सडकका लागि वडाले महानगरस्तरीय योजनाअन्तर्गत ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । उपभोक्तातर्फबाट २७ लाख ८६ हजार गरी कुल ९२ लाख ८६ हजार लागतमा सडक निर्माण हुन लागेको हो । ७ सय मिटर लम्बाई र ६ मिटर चौडाईको सडक निर्माणका लागि प्रसाद गुरुङको अध्यक्षतामा उपभोक्ता समितिको गठन भएको छ ।
कार्यक्रममा निर्माण समिति अध्यक्ष गुरुङले वडाले स्थानीयको योजनालाई सम्बोधन गरेको उल्लेख गर्दै वडा सरकारको अनुभूति गर्न पाएको उल्लेख गरे । सडक निर्माण पछि त्यस क्षेत्रका झण्डै ५ सय घरपरिवार सहितका उपभोक्ता लाभान्वित हुने छन् । पोखरा वडा २६ मा चालु आर्थिक वर्षमा संचालन हुने योजनाहरु उपभोक्ता समिति गठन भै धमाधम सुरु भएका छन् ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९