पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैंगिक हिंसा न्यूनीकरणका लागि राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सञ्चालन गरेको छ । ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसाविरुद्धको अभियान’ भन्ने नारासहित सञ्चालित अभियानमाअन्तर्गत सचेतना र्याली, अन्तक्र्रिया, कोणसभा गर्दै आएको हो ।
कास्की जिल्ला महासंघको आयोजना तथा फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा पोखरा २५ हेमजामा ¥याली तथा कोणसभाको आयोजना गरियो ।
समाजमा हुने शारीरिक, मानसिक, यौनजन्य, आर्थिक र सामाजिक तथा सांस्कृतिक लगायत विभिन्न हिंसाविरुद्ध सिंगो समाज एकताबद्ध भएर लाग्नुपर्नेमा सभाका वक्ताले जोड दिएका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले लैंगिक हिंसा समाजको विकासको बाधक भएको बताउँदै यसको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताइन् ।
महासंघका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख हरिप्रसाद बास्तोला र गण्डकी अध्यक्ष कालीदास सुवेदीले घरघरमा हुने हिंसालाई लुकाउन नहुनेमा जोड दिंदै लैंगिक हिंसारहित समाज निर्माणमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पार्वती अधिकारी सुवेदी, फुर्केटारी सामुदायिक वन समूहका सचिव रमा त्रिपाठीलगायतले लैंगिक हिंसाविरुद्धमा संगठित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसअघि लैंगिक हिंसा तथा सामुदायिक वन अधिकारका बारेमा लेखिएका प्लेकार्डसहितको र्यालीले हेमजा बजार परिक्रममा गरी मध्यपहाडी लोकमार्गको मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९