पोखरा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन् ।
निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायका जिल्ला प्रमुख लगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षाहरू पूरा भएको बताए । ‘हामीले नेपालमा २०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौं । पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो,’ आयोगले राखेका अपेक्षाहरूको विश्लेषण गर्दै उनले भने, ‘यसकारण हामीले निर्वाचनमा यस पटक पद, पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गर्यौं ।’
उनले आयोगले छलफल गरिरहँदा निर्वाचनको सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यास हेर्दा बाहिर देखिने भौतिक गतिविधि र हाम्रा यी सडकका भित्तामा भन्दा सामाजिक सञ्जालका भित्ताहरु अलि बढी रंगिन देखिने र विभिन्न कारणले निर्वाचनलाई दूषित पार्ने मनसाय बोकेका व्यक्तिहरूले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने देखिएकाले यसलाई नजिकबाट नियमन गर्न यस पटक सफल भइरहेको पनि बताए । उनले अब भौतिकरुपमा वा सडकमा हुने कुरामा मात्र होइन, सामाजिक सञ्जालमार्फत पनि निर्वाचन प्रभावित गर्न पाइँदैन भन्ने कुरा स्थापित भएको र निर्वाचनमा पराजितले विजेतालाई सहर्ष आत्मैदेखि बधाई दिनसक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यस पटकदेखि स्थापित भएको उल्लेख गरे ।
उनले निर्वाचन अधिकृतहरूले काम गर्ने सिलसिलामा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गरे । प्रमुख आयुक्त थपलियाले आयोग वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताउँदै भने, ‘हामी वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौं । हामी अब छिट्टै नयाँ कानुनद्वारा निर्वाचनको व्यवस्था गरिनुपर्छ भन्ने व्यापक तयारी गरिरहेका छौं । सम्भवतः यो नयाँ संसदको नयाँ अधिवेशनमा नयाँ कानुनको मस्यौदा पेस हुनेछ ।’
Related News
सम्बन्धित समाचार
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९