पोखरा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकमा नेकपा (एमाले) पहिलो पार्टी बन्दै सर्वाधिक ३४ जितेको छ । गएको ४ मंसिरमा भएको मतदानको प्रत्यक्ष र समानुपातिक दुवैको मंगलबार साँझ गणना सकिएको हो । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्षतर्फ र समानुपातिकमा १ सय १० जना निर्वाचित हुने व्यवस्था छ ।
समानुपातिक पद्धतिबाट निर्वाचित हुने १ सय १० सिटमध्ये दलहरुले पाउने सिट संख्या पनि करिब टुंगो लागेको छ । कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएकोमा समानुपातिकमा एमाले २८ लाख ४५ हजार ६ सय ४१ मतसहित पहिलो दल बनेको हो । जसअनुसार एमालेले ३४ सिट पाउनेछ । प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेको समानुपातिकमा ३४ सिटसहित कुल ७८ हुनेछ ।
यसैगरी, प्रत्यक्षमा पहिलो दल बनेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत पाएको छ । यस अनुसार कांग्रेसले एमालेभन्दा २ सिट कमसहित ३२ सिट पाउने छ । कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जितेको छ । अब उसको कुल सांसद संख्या ८९ हुनेछ ।
७ पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाए
प्रत्यक्षमा तेस्रो दल नेकपा (माओवादी केन्द्र) समानुपातिकमा पनि तेस्रो बन्यो । माओवादीले ११ लाख ७५ हजार ६ सय ८४ मत प्राप्त गरेसँगै १४ सिट पाउनेछ । प्रत्यक्षतर्फ १८ सिट जितेको अब कुल सिट संख्या ३२ हुनेछ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले राम्रो मत पाए । ठूला दलको मत उनीहरुलाई गएको पाइन्छ । प्रत्यक्षमा ७ सिट जितेको रास्वपाले समानुपाातिकतर्फ १३ सिटसहित कुल २० सिट बनाउने भएको छ । समानुपातिकमा उसको ११ लाख ३० हजार ३ सय ४४ मत आयो । रास्वपा चौथो हुँदा राप्रपा पाँचौं बन्यो । विगतमा थ्रेस होल्ड नकटाएकोमा राप्रपाले अहिले ५ लाख ८८ हजार मत पाएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ ।
त्यस्तै, जनमत पार्टी र जनता समाजवादी पार्टी नेपालले ५/५ सिट समानुपातिकमा पाएका छन् । प्रत्यक्षतर्फ जनमतले १ र जसपाले ७ सिटमा जित हात पारेको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय ६६ मत र जसपा नेपालले ४ लाख २१ हजार ३ सय १३ पाए । अहिलेको चुनावबाट योसहित ७ पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका हुन् । नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको छ । केही हजार मत नपुगेर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सकेन ।
Related News
सम्बन्धित समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९