पोखरा । पोखरा उद्योग वाणिज्य संघ आयोजनामा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला अवसरमा सोमबार ‘सेल्फ मेड महिला’ विषयक अन्तक्र्रिया भएको छ ।
कार्यक्रममा अगुवा महिला उद्यमी इन्दिरा बराल र लक्की क्षेत्री कार्कीले एउटै स्वरमा भने, ‘आलोचना गर्ने भएनन् भने प्रगति गर्न सकिंदैन ।’ उद्यमशीलता सुरु गर्दा महिलाले पनि यस्तो काम गर्न सक्छन् र ? भनेर कुरा काटेको स्मरण गर्दै उनीहरुले थपे, ‘फलोनो यस्तो भएर हिंडी, यस्तो गर्छे भन्ने कुरा काट्नेहरुलाई जितेर नै सफल भएको जिकिर पनि गरे ।
इन्दिरा पोखरामा रहेर पदयात्रा पर्यटन सुरु गर्ने अगुवा महिला व्यवसायी हुन् भने लक्की क्षेत्री कार्की महिलालाई नै पदयात्रा पथप्रदर्शक व्यवसायमा लगाउने अगुवा महिला उद्यमी हुन् । इन्दिराले पतिसँग ४० हजार पुँजी लिएर व्यवसाय थालेकी थिइन् भने लक्कीले आफू दिदीबहिनीले २ लाख रुपैयाँबाट व्यवसाय थालेको बताइन् ।
मैले धेरै कुरा सहें । केही गरेर देखाउँछु भन्ने अठोट लिएँ र सफल भएँ,’ इन्दिराले विगत सम्झिन् ।
लक्कीको भनाइ पनि उस्तै थियो । उनले भनिन्, ‘कुरा त कति काटे कति काटे तर हामीलाई काट्न सकेनन् । मैले त्यो बेला कति कुरा बुझ्न सकिनँ होला तर कसैले केही गर्छ भने उसकै कुरा काटिन्छ । तपाईं कुनै फिल्म हेर्नुहुन्छ भने त्यहाँ भिलेन पनि हुन्छ, भिलेन भएन भने हिरो हुँदैन । त्यो बेलाको कुरा अहिले मलाई त्यस्तै लाग्छ ।’ हामी तीनजना दिदीबहिनी मिलेर लेकसाइडमा गेस्ट हाउस चलाउँथ्यौं, महिला पर्यटक आउन थालेपछि महिला पथप्रदर्शकको माग हुन थाल्यो,’ हामीले त्यसमा आफैं सुदूरपश्चिम गएँ, अन्नपूर्ण बेसक्याम्प गएँ र यो व्यवसाय सुरु गरें ।’
नेपालमा सेवा क्षेत्रले ठूलो श्रमको माग रहेको र त्यहाँ महिलाले आफूलाई प्रमाणित गर्नसक्नेमा उनीहरुले विशेष जोड दिए । अन्तत्र्रिmयामा आयोजक संघका सूचना अधिकृत वासुदेव मिश्रले सहजीकरण गरेका थिए ।
प्रदर्शनी केन्द्रमा जारी मेलाअन्तर्गत मंगलबार पोखरामा स्वास्थ्य पर्यटनको सम्भावनाबारे अन्तरक्रिया हुनेछ । संघका पूर्व अध्यक्ष तथा अफिन गण्डकी अध्यक्ष अशोक पालिखे, नेपाल लेखक संघका अध्यक्ष तथा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ र युआरल पोखराका अध्यक्ष ठाकुरप्रसाद पन्त सो कार्यक्रमका वक्ताका रुपमा रहने छन् । जसमा संचारकर्मी दीपेन्द्र श्रेष्ठले सहजीकरण गर्ने छन् । मंगलबार चर्चित गायक प्रकाश सपूतको विशेष प्रस्तुति रहनेछ । साथै कलाकार तारापति सुवेदी, मधु चापागाईं, सरिता सारुमगर, संगीता सुनार, सुमन खड्का लगायतको पनि प्रस्तुति रहने आयोजकले जनायो ।
Related News
सम्बन्धित समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९