आमा समूहद्वारा अक्षयकोषमा सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७९
kolpatan

पोखरा । कोलपाटन आमा समूह, पोखरा–१५ ले सिद्ध मावि अक्षयकोषमा ३० हजार सहयोग गरेको छ ।

तिहार अवसरमा देउसी भैलो खेलेको केही रकम हस्तान्तरण गरेको समूह अध्यक्ष सावित्री पौडेलले बताइन् । पौडेलले आफूहरुले एकएक गरी जम्मा गरेको रकम शिक्षाको पवित्र स्थानमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आमा समूहले अर्काे वर्ष पनि रकम सहयोग गरी अक्षयकोषमा ५० हजार पु¥याउने लक्ष्य रहेको बताइन् ।

पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले कोलपाटन आमा समूहलाई धन्यवाद दिंदै शिक्षा क्षेत्रमा गरेको लगानी र सहयोग कहिल्यै खेर नजाने बताए । उनले अक्षयकोषको स्थापनाले विद्यालयको आर्थिक पाटो मजबुद हुँदै गएकोले अब विद्यालय सुधारका लागि वडा, विद्यालय प्रशासन, स्थानीय तथा सरोकारवालाहरु मिलेर लाग्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर आलेले अक्षयकोष दाता समूहलाई धन्यवाद दिंदै सहयोग रकम विद्यालयले उचित समयमा उचित प्रयोजनका लागि प्रयोग गर्ने र अक्षयकोषको रकम सदुपयोग गरिने प्रतिज्ञा व्यक्त गरे ।

विद्यालय प्रअ गुरुदत्त कोइरालाले २०७५ मा स्थापित अक्षयकोषमा हालसम्म ४५ लाख रकम जम्मा भएको र अक्षयकोष स्थापनाको औचित्यका बारेमा प्रष्ट पारेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    हेमजा । हेमजामा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञकमा आधा करोड बढी रुपैयाँ संकलन भएको छ । बावियाँतरास्थित मानव सेवा आश्रमको निर्माणाधीन…
  • पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    पोखरा । पोखराका मुख्यबजारमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको गत साताको निर्णयले धेरै आश्चर्यमा परे । १६…
  • पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । पोखरा महानगरपालिकाको १२ औं नगरसभा हुने भएको छ । पुस २६ गते स्थगित भएको नगरसभा सोमबारका लागि बोलाइएको…
  • हेमजा युनाइटेडमा राजेश

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    हेमजा । हेमजा युनाइटेडको शनिबार छैटौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले राजेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।…
  • गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । कस्मेटिक व्यवसायी संघ कास्कीले आफ्ना सदस्यलाई गुणस्तरीय सामान बिक्रीका लागि अनुरोध गरेको छ । संघको शनिबार नवौं वार्षिक…

hero news full width