पोखरा । गण्डकीका ३६ वटै निर्वाचन क्षेत्रको गणना सकिएको छ । प्रत्यक्षतर्फ १८ सिट जित्दै कांग्रेस पहिलो पार्टी बनेको छ । दोस्रो दल नेकपा (एमाले) ले १२ सिट जित्दा नेकपा (माओवादी केन्द्र) ले ५ सिटमा चित्त बुझाएको छ । स्वतन्त्र उठेर निर्विरोध एक सांसदले एकीकृत समाजवादी रोजेका छन् ।
समानुपातिकमा भने एमाले अगाडि छ । गण्डकीमा १० सिट एमालेले समानुपातिकबाट ल्याउँदा कांग्रेसको ९, माओवादीको ३ र राप्रपाको २ सिट रहन्छ । २०७४ को चुनावमा दोस्रो भएको कांग्रेस अहिले गण्डकीमा ठूलो दल सावित भएको छ । ६० सदस्य रहने प्रदेश सभामा २७ सिटसहित कांग्रेस आउँदा सरकारको नेतृत्व कसले गर्ने भन्ने बहस गण्डकीमा सुरु भएको छ । गठबन्धन बनाएर चुनावमा सहयात्रा गरेको माओवादीले समग्रमा ८ सिट जित्ने देखिन्छ । एमाले २२ र राप्रपा २ सिटमा सीमित हुन्छ । स्वतन्त्रमा उठेर निर्विरोध राजीव गुरुङ (दीपक मनाङे) सोमबारमात्रै एकीकृत समाजवादीमा प्रवेश गरेपछि गठबन्धन अझै दरिलो भएको छ । प्रदेश सरकार गठनको विषय गण्डकीको चासो भए पनि निर्णय केन्द्रमै निर्भर छ । सबै पार्टीको केन्द्रीय नेतृत्वले जे निर्णय गर्छ, त्यसकै पालना यहाँका नेताहरुले गर्ने हुन् ।
२०७८ सालमा गठबन्धन टुटेपछि जेठ २९ गते गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्यो । त्यसको प्रमुख साझेदार माओवादी केन्द्र नै थियो । तत्कालीन समयमा माओवादीले आधा–आधा कार्यकाल सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको थियो । यद्यपि लिखित सहमति भने थिएन । अहिले माओवादीले तत्कालीन समयको गुन गण्डकीमा कांग्रेसले तिर्नुपर्ने तर्क गर्दै आएको छ ।
संसदीय दलको नेता समेत भइसकेका माओवादीबाट नवनिर्वाचित सांसद हरिबहादुर चुमान सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताउँछन्
यसअघि संसदीय दलको नेता समेत भइसकेका नवनिर्वाचित सांसद हरिबहादुर चुमानले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताए । ‘पहिले पनि आलोपालो सरकार चलाउने कुरामा सल्लाह भएको थियो । लिखित सहमति गरेका थिएनौं । लुम्बिनीमा आधा अवधिपछि कांग्रेसले नेतृत्व गर्ने र गण्डकीमा माओवादीको नेतृत्व हुने कुरा थियो,’ उनले भने, ‘तर छोटो अवधि भएकाले नेतृत्व फेर्नतिर लागेनौं । अबको नेतृत्वमा जाने पालो हाम्रो हो । लुम्बिनीमा कांग्रेसको नेतृत्व हुन्छ ।’ उनले कांग्रेसले विगतको गुन इमानदारिताका साथ फिर्ता गर्नुपर्ने बताए । ‘प्रदेशलाई गति दिने नेतृत्व चाहिएको छ । त्यसका लागि हामी सबै इमानदार हुनुपर्छ,’ चुमान भन्छन्, ‘राजनीतिमा इमान्दारिता भएन भने जनताले दुख पाउँछन् । सबै इमानदार भएर गण्डकीको विकासमा लाग्नुपर्छ भन्ने लाग्छ ।’
सरकार गठनका लागि बैठक नबसे पनि गण्डकीमा गठबन्धन दलका नेताहरुबीच निरन्तर संवाद भइरहेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गण्डकीको नेतृत्वमा कांग्रेसकै दबी रहने बताए । ‘चुनावपछि गठबन्धन दलबीच बैठक त भएको छैन । तर संवाद चलिरहेको छ । प्राकृतिक नियमले पनि यहाँको सरकारको नेतृत्व कांग्रेसकै हो,’ उनले भने, ‘कांग्रेसभन्दा अरुले नेतृत्व गर्नु प्राकृतिक नियम विपरीत हुन्छ । ८ सिट भएकोलाई नेतृत्व गर्न दिने कुरा सहज होइन ।’
उनले पूरा नतिजा आएपछि सरकार गठनबारे थप छलफल गर्ने बताए । कांग्रेसको आइतबार बसेको बैठकले पनि गण्डकी प्रदेश र केन्द्रमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहलकदमी गर्ने निर्णय गरेको शर्माले बताए । ‘आइतबार पदाधिकारी बैठक बसेको छ । कांग्रेससहित सत्ता गठबन्धन बहुमतमा पुगेका छौं,’ उनले भने, ‘मतदान गर्ने मतदाताप्रति धन्यवाद व्यक्त गर्यौं । अब स्थायी सरकारको पहल गर्छौं ।’ एमाले भने गण्डकीमा सरकारको रेसमा नरहेको संगठन विभाग प्रमुख तथा प्रदेश सांसद खगराज अधिकारीले बताए । सत्ता गठबन्धनका नवनिर्वाचित सांसदहरु अहिले केन्द्रीय नेतृत्व फकाउन काठमाडौं पुगेका छन् ।
गोरखाबाट चुनाव जितेका कांग्रेसबाट केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीको प्रवल दाबेदार हुन् । नवलपुरका महेन्द्रध्वज जिसी, स्याङ्जाबाट निर्वाचित भोजराज अर्याल र कास्कीका सांसद बिन्दुकुमार थापा पनि मुख्यमन्त्रीको रेसमा छन् । माओवादीबाट हरिबहादुर चुमानले दाबी गरेका छन् । एमालेले सरकारको नेतृत्व गरे खगराज अधिकारी मुख्यमन्त्री बन्ने प्रवल सम्भावना छ । यद्यपि समानुपातिक सांसदको चयन नभएकोले संसदीय दलको नेता छान्ने प्रक्रिया अघि बढेको छैन । त्यसअघि प्रदेशसभामा उनीहरुले सांसदको सपथ लिनुपर्छ ।
Related News
सम्बन्धित समाचार
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९