दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७९
dipak 2

पोखरा, १९ मंसिर । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे (राजीव गुरुङ) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमबार पार्टी प्रवेश गराए । यसअघि पनि स्वतन्त्र जितेका उनी एमाले सत्तामा हुँदा एमाले प्रवेश गरेका थिए । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए । उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको हुँ ।’

Related News

सम्बन्धित समाचार

hero news full width