पुरुषतर्फ रोशन र महिलामा पल्लबीले जिते स्वर्ण

लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७९
Karatesf

पोखरा । लेखनाथ क्योकुसिन–कान कराते डोजोले आयोजना गरेको लेखनाथ डोजो जुनियर फुल कन्ट्रयाक्ट कराते च्याम्पियनमा पुरुष ५० केजीतर्फ रोशन गुरुङले गौरव थापालाई पराजित गर्दै स्वर्ण हात पारेका छन् । साजन नेपाली र शुभम थापाले कास्य प्राप्त गरे ।

पुरुष ४५ केजीतर्फ सम्येक प्रधानले कृष्ण रम्तेललाई पराजित गर्दै स्वर्ण जित्दा अभिशेक पुन र सुबिन श्रेष्ठले कास्य पदक हात पारे ।

पुरुप ४० केजीतर्फ वसन्त थापाले युकेश गुरुङलाई स्तब्ध पार्दै स्वर्ण जिते भने किस्मत परियार र आयूष सुनारले कास्यमा चित्त बुझाए ।

३५ केजी तौल समूह पुरुषतर्फ अमर थापाले प्रतीक घलेलाई पराजित गर्दै स्वर्ण जिते भने मनोज राना र सञ्जन गुरुङले कास्य प्राप्त गरे । ३० केजी तौल समूहमा पुरुषतर्फ शिशिर थापा पहिलो, अगम भुजेल दोस्रो भए भने रिजस गुरुङ र अनमोल गुरुङ तेस्रो स्थानमा रहे ।

२५ केजी तौल समूहमा एन्स रोका पहिलो रायन नेपाली दोस्रो भने सुलभ विक र कमल तामाङ तेस्रो भए ।

प्रतियोगितामा महिलातर्फको ३० के.जी तौल समूहमा साङ्छु तामाङलाई पराजित गर्दै प्रिन्स्मा नेपालीले स्वर्ण जित्दा ज्योत्स्ना थापा र क्रिस्टिना गुरुङले कास्य प्राप्त गरे ।

महिला ४० केजीतर्फ सुहाना श्रेष्ठले दिलमाया बुढा मगरलाई हराउँदै स्वर्ण पदक हात पार्दा सुवाली श्रेष्ठ र आयुषा पन्थी तेस्रो भए ।

महिला ५० केजीतर्फ पल्लबी नेपाली प्रथम हुँदा मन्दिपा केसी दोस्रो भइन् । दिप्ती थापा र खुस्बु पुन तेस्रो भए ।

कार्यक्रमबीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी महिला ५५ केजी तौल समूहकी धनी रानामगर र ४० केजी तौल समूहका अभिषेक तामाङलाई स्वर्ण पदक विजेता भएकोमा सम्मान गरिएको थियो । ६० केजी तौल समूहका मोसेस कुमाल र ४५ केजी तौल समूहका भाग लिएका नारायण विकले कास्य पदक जितेकोमा सम्मान गरियो । प्रतियोगिताका सहभागी सरगम कुमाललाई पनि सम्मान गरियो । स्वर्ण पदकलाई २ हजार, कास्यलाई १ हजार ५ सय र सहभागीलाई १ हजार नगद, खादा र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतियोगितामा विनोद नेगी, मदन केसी, मुना पुन, सम्राज सेन, मसोसे कुमाल, सरगम कुमाल, राजन विक, अषिम गोर्खाली निर्णायकको भूमिकामा थिए । प्रतियोगितामा ६० जना खेलाडी सहभागी थिए ।

कार्यक्रममा पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले खेलकुदले अनुशासन सिकाउने र युवालाई कुलतमा फस्नबाट जोगाउने बताए । मानव जीवनमा खेलकुद अपरिहार्य भएको उल्लेख गरे ।

कार्यक्रममा डोजोका सल्लाकार अर्जुनबहादुर बस्नेत र डोजो प्रमुख सुवास खड्काले बोलेका थिए ।

डोजोका अध्यक्ष रमेशबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रम सिनियर खेलाडी सुरेशराज अधिकारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width