पोखरा । पोखरा–११, फूलबारीस्थित शिवशक्ति क्याम्पसको प्रमुखमा सहप्राध्यापक चन्द्रकान्त रेग्मी नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टुवराज बास्तोला ‘विशाल’को अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि पनि क्याम्पस प्रमुख पदमा रही ४ वर्ष काम गरेका रेग्मी पृथ्वीनारायण क्याम्पसमा शिक्षाशास्त्र संकाय अर्थशास्त्र विभागको विभागीय प्रमुखसमेत हुन् ।
क्याम्पस स्थापना कालदेखि नै क्याम्पस निर्माणमा भूमिका खेलेका, क्याम्पसमा व्यवस्थापन संकाय सञ्चालनमा योगदान गरेका, क्याम्पस स्थापनादेखि नै निरन्तर अभिभावकीय भूमिका निभाएका अनुभवी व्यक्तिलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिन पाउँदा आगामी दिनमा शैक्षिक उन्नतिमा फड्को मार्ने विश्वास लिइएको सञ्चालक समिति अध्यक्ष टुवराज बास्तोलाले बताए ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१