पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार पोखरामा खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघलाई नगदसहित सम्मान गरेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेतालाई नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरिएको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक सातै प्रदेशमध्ये प्रथम स्थान प्राप्त गर्न सफल थियो । समग्र खेलमा चौथो भएको थियो ।
प्रदेश खेलकुदले स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १ सय ६० जना गरी ३ सय २४ जना खेलाडीलाई सम्मान गरेको छ । त्यसैगरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित भएका छन् ।
असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ७६ कास्य पदकका साथ सातै प्रदेशमध्ये पहिलो स्थान ओगट्न सफल भएको थियो । परिषद्ले एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र कास्य पदक विजेतालाई ८ हजार प्रदान गरेको छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ हजार र कास्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरेको छ ।
नवौं राष्ट्रिय खेलकुदमा गण्डकी चौथो भएको थियो भने प्रदेशमध्ये पहिलो
त्यर्सै गरी प्रशिक्षकलाई स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमश जनही नगद १० हजार, ८ हजार र ६ हजार, व्यवस्थापकलाई जनही नगद ८ हजार, ६ हजार र ४ हजार प्रदान गरेको छ भने खेल संघहरुलाई स्वर्ण पदक विजेतालाई नगद ४० हजार, रजत पदक विजेतालाई नगद ३० हजार र कास्य पदक विजेता संघलाई नगद २० हजार प्रदान गरेको छ ।
त्यसै गरी नवौं राष्ट्रियमा रेकर्ड ब्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ ।
कार्यक्रममा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, मन्त्रालयका सचिव वद्रिनाथ अधिकारी, परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेल, नेपाली सेनाका पश्चिम पृतनापति दिपक बानिया, प्रदेश खेलकुदका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले नगद, सम्मानपत्र खादा लगाएर विजेताहरुलाई सम्मान गरेका थिए ।
उक्त अवसरमा प्रदेश खेलकुदको सफल नेतृत्व सम्हालेका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा स्वयसेवी भूमिकामा रहेर महत्वपूर्ण योगदान दिने विष्णुबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
ह्विलचेयर बास्केटबलमा आयोजक विजयी
बहिरा संघको फुटबल सुरु
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९