काठमाडौं । हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले हाल २१ हजार सात सय ६४ मेट्रिक टन युरिया, १९ हजार दुई सय ८६ मेट्रिक टन डीएपी र एक हजार नौ सय ३२ मेट्रिक टन पोटास गरी कुल ४२ हजार नौ सय ८३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिनुभयो ।
मौज्दात रहेको यो परिमाणको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग ३५ हजार चार सय ४९ मेट्रिक टन मौज्दात छ । जसमा १५ हजार एक सय ७९ मेट्रिक टन युरिया, १८ हजार चार सय ३२ मेट्रिक टन डिएपी र एक हजार आठ सय ३७ मेट्रिक टन पोटास छ ।
त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेसनसँग ६ हजार पाँच सय ६४ मेट्रिक टन युरिया, आठ सय ५४ मेट्रिक टन डिएपी र ९५ मेट्रिक टन पोटास गरी कुल सात हजार पाँच सय ३४ मेट्रिक टन रासायनिक मल मौज्दाते छ ।
चालु आर्थिक वर्ष २०७९र८० का लागि मल खरिद गर्न सरकारले रु १६ अर्ब विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडमार्फत् दुई लाख ५७ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर आह्वान भएको थियो । जसमा एक लाख १० हजार मेट्रिक टन मल आयात भई ८६ हजार पाँच सय मेट्रिक टन बिक्रीसमेत भइसकेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कृषि सामग्री कम्पनी लिमिटेड ५७ हजार दुई सय १२ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कर्पोरेसनले २९ हजार ३३ मेट्रिक टन रासायनिक मल बिक्री गरिसकेका छन् ।
साथै, २० हजार मेट्रिक टन युरिया पुसको पहिलो हप्ता नेपाल आइपुग्ने पनि कृषि मन्त्रालयले जनाएको छ । टेन्डर भएको बाँकी मल माघ तथा फागुन महिनामा नेपाल आइपुग्ने जानकारी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसनले मन्त्रालयलाई दिएका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेडको २० हजार मेट्रिक टन रासायनिक मलमध्ये पाँच हजार मेट्रिक टन भैरहवा र वीरगञ्ज नाकामा आइसकेको तथा १० हजार मेट्रिक टन मल विशाखापटनमबाट नेपालका लागि निकासी भैसकेको पनि मन्त्रालयको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९