पोखरा। गोल्डेन बचत तथा ऋण सहकारी संस्था लि., पोखराले १४ औं वार्षिकोत्सव अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ६३ जनाले रक्तदान गरे ।
सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रमुख रमेश घर्तीले पहिलो रक्तदाता राजु पराजुलीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम आरम्भ गरेका थिए ।
रजिष्ट्रार घर्तीले पछिल्ला वर्षमा कतिपय सहकारीमा समस्या देखिन थालेको बताउँदै जिम्मेवार ढंगले संचालित सहकारीमा त्यस्तो अवस्था नरहेको जानकारी गराए । आफ्नो क्षमताभन्दा बढी सदस्य र निक्षेप थपेर संस्थालाई अनावश्यकरुपमा ठूलो बनाउन खोज्दा कतिपय सहकारीमा जटिलता थपिएको उनले बताए । ‘अहिले गण्डकीमा सहकारीसम्बन्धी दैनिकजसो केही न केही गुनासो आउन थालेको छ,’ उनले भने, ‘त्यसकारण पनि हामीले अनुगमन तीव्र पारेका छौं । राम्रो र नराम्रो तथा सहकारीको अवस्था हेरी सहकारीको वर्गीकरणको तयारी पनि थालेका छौं ।’ अस्वस्थ प्रतिस्पर्धा र गलत कार्य गर्ने सहकारी ढिलोचाँडो कारबाहीमा पर्ने चेतावनी पनि उनले बताए ।
सहकारीको ५१ करोड कर्जा लगानी छ
रेडक्रस सोसाइटी कास्की सभापति डोलराज पाण्डेयले गत फागुनदेखि गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा बिरामीका लागि निशुल्क रगत उपलब्ध हुन थाल्नु सकारात्मक कुरा भएको बताए । यसैको सिको गर्दै लुम्बिनी प्रदेशले यससम्बन्धी कानुन पास गरिसकेको र वागमती प्रदेशले समेत सरकारी अस्पतालमा निशुल्क रगत उपलब्ध गराउन थालेको जानकारी गराए । रगतको सहज उपलब्धता र यससम्बन्धी अन्य कार्यका लागि सिर्जनाचोकमा सोसाइटीले विभिन्न दाताको सहयोगमा सुविधासम्पन्न र आधुनिकखालको रक्तसंचार केन्द्र निर्माण गरिरहेको जानकारी पनि उनले दिए ।
स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पछिल्ला वर्षमा नेपालमा आर्थिक समस्या गहिरिंदै गएको स्मरण गराउँदै यस्तो समस्यालाई केही रुपमा भए पनि समाधान गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सहकारी सल्लाहकार महेन्द्र रिमालले सहकारीलाई मजबुत बनाउने कार्य महत्वपूर्ण हुने बताउँदै औपचारिकतालाई मात्र प्राथमिकता दिंदा अगाडि बढ्न नसकिने भनाइ राखे ।
सहकारी अध्यक्ष बालकृष्ण बरालले सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए । रक्तदान गर्नु स्वास्थ्यको लागि समेत राम्रो भएको भन्दै उनले आफैंले १६ पटकसम्म रक्तदान गरेको अनुभव पनि सुनाए । सहकारी उपाध्यक्ष कृष्णप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव कृष्णप्रसाद पोखरेलले गरेका थिए ।
रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र पोखराले कार्यक्रमलाई प्राविधिक रुपमा सघाएको कार्यक्रमकी संयोजक एवं सहकारी कोषाध्यक्ष बिना गुरुङले बताइन् । सहकारी प्रबन्धक दीपक पन्तका अनुसार २ हजार ३ सय ४० सेयर सदस्य रहेको उक्त सहकारीले ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सहकारीको ९ करोड ९१ लाख रुपैयाँ सेयर पुँजी रहेको छ । ५९ करोड ५० लाख रुपैयाँ सम्पत्ति रहेको सहकारीको बचत रकम ४२ करोड रुपैयाँ रहेको पन्तले बताए ।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९