लेखनाथ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अबको शिक्षा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका नछन् । गण्डकी विश्वविद्यालय अनुसन्धान केन्द्र अन्वेषण तथा आविस्कार केन्द्रको उद्घाटन गर्दै मन्त्री पौडेलले नेपालमा नै विश्व मापडण्ड अनुसारको अनुसन्धान केन्द्र स्थापना गरी सम्भाव्यता खोजी गर्नुपर्ने बताए ।
उनले नेपाली भूमिमा विदेशी आएर अनुसन्धान गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनको जोड थियो । उनले भने, ‘नेपाली युवा रोजगारीको लागि विदेसिएर विभिन्न महत्वपूर्ण ठाउँमा पुगी कृतिमान गर्न सफल भएको अवस्थामा हामी किन हाम्रो देशमा सम्भाव्यताको खोजी गरी विश्वलाई नै आकर्षणको केन्द्रबिन्दु नबनाउने ?’
विज्ञानलाई समाजमा जोड्ने गरी काम गर्नुपर्ने सुझाव दिंदै मन्त्री पौडेलले विभिन्न अध्ययन र अनुसन्धानबाट नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सकिनेमा जोड दिए । पोखरा ३२ मा रहेको लामातारमा निर्माण भएको अनुसन्धान केन्द्र नेपालकै नमुना र गहनाको रुपमा रहेको यसले लिएको उद्देश्य अनुसारको काममा नेपाल सरकारको तर्फबाट सक्दो सहयोग हुने आश्वासन समेत दिए ।
नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा गणेशमान गुरुङ, गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटा, पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की लगायतले अनुसन्धान केन्द्र स्थापनाले विज्ञानको क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा नास्टका विज्ञान संकाय प्रमुख निशा राणा, गण्डकी प्रदेश विशिष्टीकृत अनुसन्धान केन्द्र व्यवस्थापन समिति अध्यक्ष डा. इन्दिरा पराजुली, नास्टका प्रशासकीय अधिकृत दीपेन्द्रराज भण्डारीले अनुसन्धान केन्द्रले नेपालको भूमिबाट गर्न सकिने सम्भाव्यताको खोजी गरी नेपाललाई विज्ञानको क्षेत्रबाट अगाडि बढाउन सहयोगीको भूमिका निभाउने विश्वास व्यक्त गरे ।
२०७६ सालमा स्थापना भएको गण्डकी विश्वविद्यालयले छोटो समयमा विभिन्न कार्य गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९