स्याङ्जा । गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । उनले शनिबार सम्पन्न अन्तिम मतपरिणाममा एमाले सचिव पद्मा अर्याललाई ५६ सय बढी मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । स्याङ्जा २ मा संघ सहित प्रदेशसभामा समेत कांग्रेस निर्वाचित भएको छ । प्रदेश २(१) मा भोजराज अर्याल र प्रदेश २(२) मा महेश भट्टराई निर्वाचित भए ।
पहिलो पल्ट प्रत्यक्षमा चुनाव लडेका धनराज गुरुङले अर्याललाई ५ हजार ६ सय २७ मतान्तरमा पराजित गर्दै निर्वाचित भएका हुन् । उनले ३१ हजार ४ सय ६६ र अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने आधिकारिक घोषणा गरेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याउँदै तेस्रो बने ।
२०७४ सालको चुनावमा बाम गठबन्धनबाट चुनाव लडेकी पद्मा अर्यालले त्यसबेला कांग्रेस नेता गोपालमान श्रेष्ठलाई हराएकी थिइन् । पूर्व मन्त्री अर्याल २०७४ अघि समानुपातिक सांसद थिइन् ।
यसैगरी, प्रदेशसभातर्फ कांग्रेसका महेश भट्टराईले एमालेका डा. बुद्धिमान श्रेष्ठलाई पराजित गरेका छन् । प्रदेश सभा २(१) मा भोजराजले शुक्रबार नै एमालेका मोहन रेग्मीलाई २ हजार बढी मतान्तरले पराजित गर्दै प्रदेश सभा निर्वाचित भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९