स्याङ्जा, १६ मंसिर । स्याङ्जा २ (१) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित कांग्रेसका भोजराज अर्याल निष्ठावान् राजनीतिकर्र्मी हुन् ।
२०४९ सालको स्थानीय निर्वाचनमा तत्कालीन वालिङ गाविस अध्यक्ष र २०५४ सालको दोश्रो स्थानीय निर्वाचनमा वालिङ नगरपालिका प्रमुखमा निर्वाचित भै उनी १० वर्ष जनप्रतिनिधिको भूमिका कुशलतापूर्वक निर्वाह गरेका छन् ।
विज्ञान विषयमा स्नातक उनी २०३६ सालको विद्यार्थी आन्दोलनसम्म स्थानीय दहथुम माविको गणित/विज्ञान शिक्षक थिए । पाकिस्तानका तत्कालीन राष्ट्रपति जुल्फीकार अलिभुट्टोलाई त्यहाको सैनिक सरकारले मृत्युदण्ड दिएपछि नेपालमा चर्केको विद्यार्थी आन्दोलनको स्याङ्जामा यिनै अर्यालले नेतृत्व लिएका थिए ।
कांग्रेसको जिल्ला कार्यसमितिका महत्वपूर्ण जिम्मेवारीमा रही काम गरेका अर्याल कांग्रेस महासमिति सदस्य समेत हुन् । बहुदलको पक्षमा लागे वापत शिक्षकबाट निकालिएका उनको पञ्चायती सरकारले पक्राउ गर्न टाउकाको मूल्य समेत तोकेको थियो ।
प्रजातन्त्रप्रति अटल र कसैसँग सम्झौता नगर्ने भोजराज निर्भीक, हठी र खरो स्वभावका छन् ।
शुक्रबार बिहान सम्पन्न मतगणनामा अर्याल १५ हजार १ सय ६१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका मोहन रेग्मीले १२ हजार ४ सय ३१ मत पाएका थिए । दुवैको २ हजार ७ सय ३० मत बढी मतान्तर छ । रेग्मी २०७४ सालमा सांसद निर्वाचित भएका थिए ।
यसैबीच, स्याङ्जा क्षेत्र २ को प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा कांग्रेसका प्रत्यासी धनराज गुरुङको अग्रता कायमै छ । उता, स्याङ्जा २ (२) मा भएको मतगणनामा एमालेका प्रत्यासी डा. बुद्धिमान श्रेष्ठले अग्रता लिएका छन् ।
Related News
सम्बन्धित समाचार
कर्मचारीसम्बन्धी २ अध्यादेश स्वीकृत
गण्डकी प्रदेश सभामा नवनिर्वाचित सदस्यले लिए सपथ
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराद्वारा पदबहाली
कांग्रेस संसदीय दलको नेताका लागि देउवाको उम्मेदवारी, प्रस्तावक रामचन्द्र पौडेल
गण्डकी प्रदेशमा १५ गतेभित्रै संसद बैठक, त्यसपछि सरकार गठन प्रक्रिया
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९