मेला उद्घाटन गर्दै गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा । तस्बिरः रुपनारायण ढकाल
पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला शुक्रबारदेखि पोखरामा सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा १६ देखि २५ मंसिरसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मेला संचालन हुनेछ ।
समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेला यसअघि कोरोनाले २ वर्ष छेकिएकोमा अहिले संचालन हुँदा पोखराका उद्योगी व्यवसायी उत्साहित छन् ।
मेला उद्घाटन गर्दै संघका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले अर्थतन्त्र चलायमान बनाउन मेला सहयोगी हुने बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अर्थमन्त्री र गभर्नरबीचको विद्यमान द्वन्द्वका कारण पनि समस्या थपिन पुगेको बताए । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको प्रदर्शनी केन्द्रको विकासमा महानगरले काम गर्ने आश्वासन दिए ।
मेला सुरुआतअघि पोखरामा प्रभातफेरी गरिएको थियो । मेलाका २ सय ५० स्टल राखिएकाे संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
आज सहिद दिवस
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
hero news full width
मुख्य समाचार
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
माघ १५, २०७९