पोखरा । इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा माछापुच्छ्रे गाउँपालिकामा मानवअधिकार समूहका सदस्य र सरोकारवालाका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले लक्षित वर्गको हकअधिकारको लागि मानवअधिकार समूहले काम गर्ने विषयमा विश्वस्त रहेको बताए । गाँउपालिका लगायत सबै वडा वडाबाट पनि मानवअधिकार समूहमार्फत गाउँपालिकासँग समन्वय गरेर मानवअधिकारका सवाललाई उठाउने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले तालिम फलदायी हुने विश्वास व्यक्त गरिन् ।
राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश प्रमुख मायादेवी शर्माले आगामी दिनमा मानवअधिकारका विषय नीतिगत रुपमा सम्बोधन गर्नका लागि यस्ता तालिमहरुले थप मद्दत पुग्ने बताइन् । मानवअधिकारको संरक्षण र सम्वद्र्धनको लागि राज्यलाई जवाफदेही र जिम्मेवार बनाउन सबै क्षेत्रको पहल आवशयक रहेको उनको भनाइ थियो ।
इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यक्रमको उद्देश्य र स्वागत इन्सेकका कार्यक्रम अधिकृत सवनम शर्माले गरेकी थिइन् । कार्यक्रम संचालन कास्की जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारीले गरिन् ।
तालिम २ दिनसम्म संचालन हुनेछ । सो अवसरमा मानवअधिकारको अवधारणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, जनवकालत, शिक्षा, स्वास्थ्य, वातावरण र जातीय विभेदविरुद्धको अधिकारसम्बन्धी गाउँपालिकाको निति तथा कार्यक्रम र कार्यान्वयनको अवस्था लगायत विषयमा तालिम दिइन् । जसको इन्सेक प्रदेश संयोजक शिव खकुरेल, कार्यक्रम अधिकृत सवनम शर्मा, प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारी, राष्ट्रिय मानवअधिकार आयोगको प्रमुख मायादेवी शर्मा, सहजकर्ता शुष्मा आचार्य अधिकारीले सहजीकरण गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९