पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षमा गर्दै आएको सडक महोत्सव सफल पार्न विशेष साधारण सभा मार्फत सुझाव संकलनसहित विभिन्न उपसमिति गठन गरेको छ ।
महोत्सवको २४ औं संस्करणसम्म आइपुग्दा महोत्सव कसरी थप प्रभावकारी र नवीनतम् रुपबाट संचालन गर्न सकिन्छ भन्ने विषयमा विशेष साधारण सभा केन्द्रित भएको रेवान अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । उनले भने, ‘सडक महोत्सव पोखराको ब्रान्ड बनिसकेको अवस्थामा २४ औं संस्करण थप प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर पहिलो चरणमा रेवान सदस्यबाट सुझाव संकलन गरेर उपसमिति गठन गरेका छौं ।’
उनका अनुसार दोस्रो तथा तेस्रो चरणमा पर्यटनविद्लगायत पर्यटनसम्बद्ध संघसंस्था, जनप्रतिनिधि, आमा समूह, युवा क्लब, टोलविकास संस्थाहरुसँग छलफल गरेर सुझाव लिइनेछ ।
हाल २४ उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको रेवानका प्रथम उपाध्यक्ष विश्वराज पौडेलले बताए ।
सडक महोत्सवका परिकल्पनाकार अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले महोत्सव कुनै एक संस्थाको मात्र नभई पोखराको पर्यटन क्षेत्रको प्रवद्र्धन र व्यवसायिक हितका लागि भएकाले सबैले अपनत्व लिएर महोत्सवमा सम्पन्न गर्न सहयोग गर्नुपर्ने धारणा राखे । उनले पर्यटकको रोजाइमा सडक महोत्सव परेकाले पर्यटकमैत्री वातावरणमा महोत्सव सम्पन्न गर्न र सोही अनुसारमा गृहकार्यमा जुटन सदस्यलाई आग्रह गरे ।
अंग्रेजी नयाँ वर्ष सन् २०२३ सन्दर्भमा आगामी पुस १३ देखि १७ सम्म लेकसाइडमा सडक महोत्सव हुँदै । सडकमै खाऔं, सडकमै रमाऔं नाराका साथ खाना संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यसहित यो महोत्सव हुँदै आएको छ । यो महोत्सव नेपालमै सबैभन्दा ठूलो क्षेत्रफलमा हुने महोत्सवअन्तर्गत पर्छ ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९