पोखरा । पोखरामा ‘नारायणगोपाल स्मृति साँझ–२०७९’ आयोजना हुने भएको छ । उनको पुण्यतिथि पोखरा रेडियो अन्नपूर्ण, पोखरेली युवा सांस्कृतिक परिवार र पोखरा सांगीतिक कलाकार संघले संयुक्त रुपमा मंसिर १९ मा सो कार्यक्रम गर्न लागेका हुन् ।
पोखरा उद्योग वाणिज्य संघमा हुने नारायण गोपाल साँझमा गायकगायिका रामभक्त जोजिजु, विनोद बानियाँ, इतु जोजिजु, सन्तोष बस्याल, एमडी काफ्ले, रजनी राई र उषा गुरुङले नारायण गोपालद्वारा संगीतबद्ध तथा स्वरवद्ध गीत प्रस्तुत गर्ने छन् ।
१९९६ असोज १८ मा काठमाडौंको किलागलमा जन्मिएका उनको २०४७ मंसिर १९ मा निधन भएको थियो । उनका डिस्क र टेपमा गरी १ सय ३६ वटा गीत रेकर्ड छन् ।
स्वरसम्राट नारायणगोपालका गीतलाई पछिल्लो पुस्तामाझ चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंकर पालिखेले बताए । अग्रज श्रष्टाको योगदानको कदर स्वरुप स्मृति साँझ आयोजना गरिने पोयुसाँप अध्यक्ष उपेन्द्र पौडेलले बताए ।
रेडिया अन्नपूर्णले उनको स्मृति दिवसमा विगतमा पनि विविध कार्यक्रम गर्दै आएको थियो ।
Related News
सम्बन्धित समाचार
सुपर भ्वाइस अफ त्रिवेणी बने किशोर
प्रोमोसनका लागि ‘ह्यारीकी प्यारी’ टिम पोखरामा
माघको चिसोमा ज्योति मगरले तताइन् पोखरा
रोश्मा भइन् मिस तामाङ
को होला मिस तामाङ ?
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९