पोखरा । प्रत्यक्ष अवलोकनमा आधारित महिला हस्तकला तथा सीप तालिम प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ ।
बिहीबार महिला सीप विकास संस्थाको सभाहलमा तालिम उद्घाटन गर्दै सिटिइभिटीको आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालय प्रिन्सिपल मोतीमाया सुवेदीले प्रशिक्षार्थीलाई सक्रियातापूर्वक सहभागी भएर तालिमबाट दक्षता हासिल गर्न आग्रह गरिन् । उनले निशुल्करुपमा हातमा सीप र दिमागमा ज्ञान लिन पाइने अवसरको सदुपयोग गर्न जोड दिइन् । आफूले आफैँलाई बनाउन केही कुरामा त्याग गर्नै पर्ने भएकाले १२ दिनको सीप सिकाइलाई पहिलो पाइला मान्न आग्रह गरिन् ।
कास्की पोखरा हस्तकला संघ अध्यक्ष रामकली खड्काले सीप सिकाउँदैमा मात्रै महिलाको जीवनस्तर नउठ्ने तर सिकेको सीपलाई निरन्तरता दिनुपर्ने सुझाव दिइन् ।
संघ कोषाध्यक्ष गोमा ढकालले महिलाको समय त्यसै खेर गइरहेको अवस्थामा सदुपयोग गरेर दुईचार पैसा आर्जन गर्दा आत्मनिर्भरताको बाटो समात्न सजिलो हुने बताइन् । महिलाहरूले उत्पादन गरेको हस्तकलाका सामग्रीको बिक्री कक्ष आवश्यक रहेको उनको भनाइ थियो ।
पोखरा उद्योग वाणिज्य संघले शुक्रबारदेखि सुरु गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७९ को छेको पारेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय र कास्की पोखरा हस्तकला संघको सहकार्यमा प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला तथा सीप तालिम प्रदर्शनी सञ्चालन गरिएको हो ।
औद्योगिक व्यापार मेलामा महिला हस्ताकलाका सामग्रीको प्रदर्शनी र प्रत्यक्ष रूपमा सीप सिकाइ र तालिमको अवलोकन गरी लाभ लिन सकिने छ । तालिममा २० जना महिलालाई सीप सिकाइने छ । गुडिया र कुसन बनाउने तालिमका लागि कविता विसुङ्खे र प्राकृतिक रेशा एवं खोस्टाबाट हस्तकलाका सामग्री बनाउने सीपका लागि हिमकुमारी पुनले प्रशिक्षकको भूमिका निर्वाह गरेको विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी मुख्य प्रशिक्षक सविता श्रेष्ठ रञ्जितले बताइन् ।
कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहको सञ्चालन संघ सचिव बुद्धि पुर्जा र स्वागत उपाध्यक्ष सीता गुरुङले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९