पोखरा । फ्रि मिडिया नेटवर्कमा आबद्ध संघसंस्थाले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कास्कीमा शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भएको निष्कर्ष निकालेका छन् । नेपाल पत्रकार महासंघको आह्वानमा भएको छलफलमा फ्रि मिडिया नेटवर्कमा आबद्ध संघसंस्थाले यस्तो निष्कर्ष निकालेका हुन् ।
फ्रि मिडिया नेटवर्क संयोजक एवं नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले निर्वाचनमा मिडियाको भूमिका निष्पक्ष र सशक्त भएको बताउदै निर्वाचन धाँधलीरहित रुपमा सम्पन्न गनए सरोकारवाला निकायले खेलेको भूमिकाको प्रशंसा गरिन् ।
सो नेटवर्कमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका, इन्सेक, गैरसरकारी संस्था महासंघ, राष्ट्रिय मानवअधिकार आयोग, कास्की जिल्ला बार एसोसिएसन लगायतका संघसंस्था सदस्य छन् ।
निर्वाचन समीक्षा बैठकका सहभागीले दलहरु अघिल्लो पटकको तुलनामा बढी सच्चिएको पनि बताए । यद्यपि दलसँगै निर्वाचन आयोग र सरोकारवालाले मतदाता शिक्षाको सवालमा भने कमजोरी गरेको उनीहरुले औंल्याए । चुनावी प्रचारशैलीमा आएको परिवर्तनले यो पटक दलहरुले ध्वनी प्रदुषण कम गरेको तथा निर्वाचन आचारसंहिताभित्र रहेर चुनावी अभियान गर्नुले यो पटक सकारात्मक सन्देश दिएको उनीहरुले बताए ।
फ्रि मिडिया नेटवर्क संयोजक एवं पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा बसेको बैठकमा एमालेबाट कास्की २(२) की प्रत्यासी उम्मेदवार मीना गुरुङ, पोखरा महागरपालिका प्रवक्ता मोतीराज तिम्सिना, इन्सेक गण्डकी शिव खकुरेल, पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना, पत्रकार महासंघ कास्की पूर्व अध्यक्षद्वय पुण्य पौडेल र रवीन्द्र बास्तोला, जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर सुवास तिमिल्सिना, गैसस महासंघका सरोजनारायण बराल, राष्ट्रिय मानव अधिकार आयोगका टंक खनाल लगायत सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभामा नवनिर्वाचित सदस्यले लिए सपथ
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराद्वारा पदबहाली
कांग्रेस संसदीय दलको नेताका लागि देउवाको उम्मेदवारी, प्रस्तावक रामचन्द्र पौडेल
गण्डकी प्रदेशमा १५ गतेभित्रै संसद बैठक, त्यसपछि सरकार गठन प्रक्रिया
सपथग्रहणपछि मात्रै सरकार गठनको प्रक्रियामा सहभागी हुने माओवादीको निर्णय
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९