वालिङ नगरपालिकामा मतगणना जारी ।
स्याङ्जा १५ मंसिर । स्याङ्जा संसदीय निर्वाचन क्षेत्र २ मा ढिलो गरी प्रारम्भ मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङ र भोजराज अर्यालको अग्रता कायमै छ ।
प्रतिनिधि सभा सदस्यमा कांग्रेस उपसभापति समेत रहेका धनराज गुरुङले २ हजार बढी मतान्तरले अग्रता कायम गरेका छन् । बिहीबार राति ९ बजेसम्म १७ हजार १ सय १५ मतगणना हुँदा उनले ७ हजार ९ सय ७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमाले सचिव समेत रहेकी पद्मा अर्यालले ५ हजार ८ सय ६३ मत पाएकी छन् ।
यसैगरी, प्रदेश सभातर्फ क्षेत्र २(१) मा कांग्रेसकै उम्मेदवार भोजराज अर्यालले जारी गणनामा ८ हजार ७ सय १३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका मोहन रेग्मीले ६ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् ।
गल्याङ नगरपालिकाको वडा ६ र ७, भिरकोट नगरपालिकाको ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिका वडा १, २, ५, ६ र ७ को मतगणना गर्दा अर्याल र रेग्मीबीच २ हजार बढीको अन्तर छ ।
मंसिर ४ को मतदानमा चापाकोटका ४ वटा मतदान केन्द्रमा कांग्रेस पक्षले बलपूर्वक केन्द्र कब्जा लिई ९८ प्रतिशतसम्म मत खसालेको आरोपमा एमालेले मतगणना कार्य अवरुद्ध गर्दै आएको थियो । निर्वाचनमा खटिएका मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मीको सहयोगमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भई मनपेटिका दलका प्रतिनिधिको रोहवरमा सिलबन्दी गरी वालिङस्थित २ नम्बर निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको थियो । तर, एमालेले पुनः मतदानको माग गर्दे चरणबद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेपछि कांग्रेसले पनि विधिसम्मत निर्वाचनसम्पन्न भै मतपेटिका प्राप्त भएपछि अविलम्ब मतगणना गर्न दबाब दिंदै आएको थियो ।
त्यसपछि निर्वाचन आयोगले सहसचिव फणीन्द्र गौतमको संयोजकत्वमा जाँचबुझ समिति गठन गरी स्थगत निरीक्षण, अवलोकन र बस्तुस्थितिको जाँचबुझ गरी प्रतिवेदन पेस गर्न पठाएकोमा टोलीले आवश्यक जाँचबुझपछि प्रतिवेदन बुझाएको थियो । आयोगको बुधबार बसेको बैठकले मतगणना गर्न निर्देशनबमोजिम बुधबार रातिदेखि गणना प्रारम्भ भएको हो ।
यसैबीच, कांग्रेसले चापाकोटको केही मतदान केन्द्रमा ९८ प्रतिशतसम्म मत खसालेको आरोप एमालेले लगाए पनि गल्याङ ६ स्थित पेलाकोटका ३ वटा मतदान केन्द्रमा ९६.६५ प्रतिशत मत खसेको र एमालेको पक्षमा १ हजार ३ सय ९ र कांग्रेसको पक्षमा ४ सय ४२ मत सदर मतगणना भएको छ । यहाँ १ हजार ९ सय ६३ मतदातामध्ये १ हजार ९ सय १७ मत खसेको छ ।
वालिङ नगरपालिका परिसरमा भएको मतगणना शनिबारसम्म सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्याङ्जा क्षेत्र २ का ४५ वडामध्ये १२ वडाको मतगणना सम्पन्न भइसकेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।
यसैगरी, समानुपातिकमा संघतर्फ १६ हजार १ सय २४ गणना गर्दा कांग्रेसको ६ हजार ९ सय ५२ र एमालेको ५ हजार २ सय ५९, राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ५ सय ६३ र माओवादी केन्द्रले १ सय ६४ मत पाएको छ । प्रदेशतर्फ १६ हजार ७ सय ९७ मत गणनामा कांग्रेसको ७ हजार ९ सय १५ र एमालेको ५ हजार ९ सय ३६, रास्वपाको ६ सय १७ र माओवादी केन्द्रको १ सय ७५ मत रहेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
आज सहिद दिवस
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
hero news full width
मुख्य समाचार
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
माघ १५, २०७९