नवलपुर । नवलपुरको धौवादीमा बिहीबार जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका छन् ।
दलदलेबाट १४ जना यात्रु लिएर डेढगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका ५, धौवादीको कान्छीपानी नजिकै साँझ ५ बजे दुर्घटनामा परेको हो । जिप दुर्घटनामा ज्यान गुमाउनेमा बुलिङटार गाउँपालिका ६ का वर्ष ६० का होमबहादुर रानाभाट, बुलिङटार ५, राइकोटकी ६७ वर्षीया मनसुभा बराल, बौदिकाली गाउँपालिका २, डेढगाउँका २८ वर्षीय केसरी दरई र अन्दाजी ५८ वर्ष यामबहादुर ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
यस्तै, घाइते हुनेमा जिपचालक दुर्गाबहादुर बिरकट्टा, वर्ष २१ की फूलमाया कुमाल, वर्ष २४ की सुनीता रानाभाट, ४ वर्षी बालक निश्चल रानाभाट, खेमचन्द्र दरई, वर्ष १४ की सुना सुनार र वर्ष २० का उत्तम क्षेत्री, वर्ष १२ का धनजित नेपाली र वर्ष ३१ का देवबहादुर नेपाली हुन् । घाइतेमध्ये ८ जनाको उपचारार्थ भरतपुर पठाइएको छ । जिप दुर्घटना हुँदा हाम फालेर ज्यान बचाउने २ जनाको अवस्था सामान्य रहेको र उनीहरुको स्थानीय स्थास्थ्य चौकीमा उपचार भइरहेको छ ।
जिप ब्रेक फेल भई दुर्घटना भएको अनुमान छ । जिप सडकदेखि करिब १ सय मिटर तल खसेको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
आज सहिद दिवस
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
hero news full width
मुख्य समाचार
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
माघ १५, २०७९