पोखरा । गएको २ वर्षसम्म कोरोना महामारीले रोकिएको राष्ट्रिय औद्योगिक व्यापार मेला शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ ।
पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा मंसिर १६ देखि २५ सम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा समृद्धि स्टिल्सको मुख्य प्रायोजनमा मेला हुन लागेको हो । मेला तयारी ९० प्रतिशत पूरा भएको बुधबार पत्रकार सम्मेलनमा आयोजक पोखरा उद्योग वाणिज्य संघ महासचिव बलराम आचार्यले जानकारी दिए ।
‘औद्योगिक मेला २०४२ सालबाट निरन्तररुपमा आयोजना हुँदै आएको छ तर कोभिड १९ ले गर्दा २ संस्करण आयोजना गर्न सकिएन,’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने, ‘संघको वार्षिक कार्यक्रमको रुपमा रहेको व्यापार मेलालाई यस वर्षदेखि फेरि निरन्तरता दिन लागेका हौं ।’ उनले स्थानीयस्तरमा उत्पादित सामग्री बिक्री तथा वितरण कृषिजन्य, हस्तकलाको प्रदर्शनी, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यसहित मेला आयोजना गरिएको बताए । ‘मेला नाफामूलक मेला नभइ यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव हो,’ उनले भने ।
संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले मेलाअन्तर्गत डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० वटा स्टल गरी करिब २ सय ५० स्टल रहने बताए । मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानको बिक्री वितरण रहने छन् ।
सिटीइभिटी सहयोगमा कास्की जिल्ला हस्तकला संघले मेलास्थलमा हस्तकलाका सामग्री बनाउने तालिम समेत मेलामा हुँदैछ । राष्ट्रिय कलाकारबाट सांस्कृतिक कार्यक्रमका अलावा रत्यौली गीत प्रतियोगिता र डान्सिङ स्टार प्रतियोगिता पनि हुनेछ । मेला प्रवेश गर्न सर्वसाधारणको लागि १ सय र विद्यार्थीको लागि ६० रुपैयाँ कायम गरिएको छ । मेला अवधिभर प्रदर्शनी केन्द्रमा उद्यमशीलतासम्बन्धी सेमिनारको पनि आयोजना गरिने आयोजकले जनाए ।
संघका पूर्व अध्यक्ष समेत रहेका गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले मेला उद्घाटन गर्ने कार्यक्रम छ । मेला उद्घाटनअघि संघको सचिवालयबाट मेला प्रदर्शनीस्थलसम्म प्रभातफेरीको हुनेछ ।
संघका महासचिव बलराम आचार्यका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, गण्डकी सरकार, पोखरा महानगरपालिका एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलामा मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी, इ–सेवा, गरिमा विकास बैंक, बाल्ट्रा होम एल्लाइन्सेस तथा शिव शिखर एग्रो प्रालिको मुख्य सहप्रायोजन रहेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
आयोगले तोक्यो राष्ट्रपति निर्वाचन मिति, फागुन २५ मा चुनाव
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
माघ १६, २०७९आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९