लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरसँग जोडिएको एकमात्र सडक फेरि एक साताका लागि बन्द गरिएको छ । साढे ५ महिनापछि खुलेको डुम्रे–बेंसीसहर सडक मर्मतका लागि भन्दै फेरि बन्द गरिएको हो ।
डुम्रे–बेसीसहर–चामे राजमार्गमा पर्ने लमजुङको बेसीसहर नगरपालिका–१ को उदीपुर खण्डको देउराली डाँडाको सडक राम्रोसँग सञ्चालनमा ल्याउन मर्मतका लागि बन्द गरिएको हो । उदीपुर जंगल छेउमा पहिरोले गएको असार ४ मा क्षति पुर्याएपछि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन ध्यानमा राखेर एक साता लगाएर अस्थायी सडक निर्माण गरी सञ्चालमा ल्याइएको थियो ।
सडक फराकिलो बनाएर वर्षायाममा समेत सहज सञ्चालन हुने गरी मर्मत गर्न सडक बन्द गरिएको डुम्रे–बेसीसहर–चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्तले बताए । वैकल्पिक सडक निर्माण गरिएसँगै साढे ५ महिनापछि गाडी सञ्चालनमा आएका हुन् । सडक बन्द भएपछि यसअघिकै डाइभर्सन सडकमार्फत सवारीसाधन आवतजावत हुन थालेको छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९