पोखरा । पोखराको नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयमा मंगलबार स्पोर्टस् मिट सुरु भएको छ । मंसिर २१ गतेसम्म चल्ने स्पोर्टस् मिटमा अन्तरसदनात्मक प्रतिस्पर्धा हुनेछ । हरियो, रातो, पहेंलो र निलो सदन गरी सञ्चालन हुने खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिस्पर्धा गर्नेछन् ।
मंगलबार एक समारोहका बीच विद्यालयका निर्देशक किरण सापकोटा, प्रिन्सिपल विश्वगोपाल पराजुलीले विद्यालयका खेलकुद शिक्षक लिला गुरुङलाई बल हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे ।
निर्देशक सापकोटाले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा स्थापित भइसकेको उल्लेख गर्दै प्रतिभाको गर्विलो इतिहासले यस क्षेत्रमै शैक्षिक शानका रुपमा विद्यालय अघि बढेको बताए । प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अग्रपंक्तिमा उभ्याएको उनको भनाइ छ ।
प्रिन्सिपल विश्वगोपाल पराजुलीले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञानमा विद्यालयले जोड दिएको उल्लेख गर्दै मानव स्वास्थ्यका लागि महत्वपूर्ण खेलकुद क्षेत्रलाई पनि विद्यालयले उत्तिकै प्राथमिकता दिएको बताए ।
विद्यालयका अतिरिक्ति क्रियाकलाप प्रमुख प्रकाश अधिकारीका अनुसार स्पोर्टस् मिटमा छात्र र छात्राहरुका बीच अन्तर सदनात्मक रुपमा बास्केटबल, भलिबल, फुटबल, दौड लगायतका खेल हुनेछन् । प्राप्त अंकका आधारमा विजेता घोषित गरी आकर्षक पुरस्कारका साथ पुरस्कृत गरिने उनले बताए ।
प्रिन्सिपल विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले गरेका थिए भने स्वागत भाइस प्रिन्सिपल बुद्धिमोहन पौडेलले गरेका थिए
विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउनका साथै बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । सन्दिप लामिछाने, अरुणा शाही जस्ता प्रतिभालाई जनही १ लाखले सम्मान गरिसकेको छ । मानवीय विपद, सामाजिक सेवामासमेत विद्यालय अग्रपंक्तिमा छ । प्रतिभा गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय पनि हो ।
Related News
सम्बन्धित समाचार
विद्यावारिधि गर्नेको अनुभव आदानप्रदान
जानकी माविको ५९ औं वार्षिकोत्सव
सिद्धका विद्यार्थीलाई स्पोर्ट्स ड्रेस
पढाइमा सघाउने क्रियटिभ ग्रुपको पुस्तक
अमरज्योतिको वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९