लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ आयोजना हुने १८ औं लेखनाथ महोत्सव तयारी तीव्र पारिएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयूक्त आयोजनामा आगामी पुस ७ देखि १८ सम्म डाँडाको नाकमा महोत्सव हुन लागेको हो ।
महोत्सव सफल बनाउन विभिन्न उपसमितिको बैठकको नियमित छलफल तथा अन्तक्र्रिया हुने गरेको महोत्सव सहसंयोजक गोपिचन्द्र बास्तोलाले बताए ।
उनका अनुसार पर्यटन प्रबद्र्धन उपसमिति संयोजक अर्जुन लम्सालको अध्यक्षतामा बसेको बैठकले महोत्सवको फुड फेस्टिभल अन्तर्गतका विभिन्न रेष्टुरेन्ट एवं खाद्य स्टलहरुको अनुगमन र व्यवस्थापन चुस्तदुरुस्त राख्ने निर्णय गरेको छ ।
बेगनासताल लगायत अन्य ताल र पर्यटकीय स्थलको प्रवद्र्धनमा महोत्सव अवधिभर विशेष योजना बनाउन पहल गर्ने बैठकले निर्णय गरेको छ ।
मंगलबार नै बसेको बजार व्यवस्थापन र अनुगमन उपसमितिको बैठकले स्टलमा विभिन्न वस्तु तथा सेवाको गुणस्तर र नापतौलको विषयमा अनुगमन गर्नुका साथै व्यवसायीको नापतौललाई नवीकरणमा सहजीकरण गर्ने निर्णय गरेको उपसमिति संयोजक राजेन्द्र ओझाले बताए ।
यस्तै, उद्योग विकास उपसमिति संयोजक ज्ञानेन्द्र बजगार्इंको संयोजकत्वमा पनि बैठक बसेको छ । बैठकले महोत्सवमा स्टल राख्ने विभिन्न उद्योगको लेखाजोखा राख्ने निर्णय गरको छ ।
आयोजकका अनुसार महोत्सवमा पहिलो चरणको स्टल बुकिङ कात्तिक ३० देखि जारी छ । मंसिर ७ देखि सर्वसाधारणका लागि समेत बुकिङ खुला गरिसकेको स्टल संयोजक भरत थापाले जानकारी दिए ।
महोत्सवको मुख्य प्रायोजक सगरमाथा लाइफ इन्स्योरेन्स हो । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड छ ।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९