नवलपुर । हुप्सेकोट गाउँपालिका ४ झाँतेमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । न्यानो हुप्सेकोट अभियानका अभियन्ता मदन थापा बयम्बुले नवस्मृति प्राविका ३९ जना बालबालिकालाई स्विटर वितरण गरेको हो ।
रचित मल्ल ठकुरीको स्मृतिमा बुबा महादेव मल्ल र आमा दीपा मल्लको आर्थिक सहयोगमा कपडा वितरण गरिएको अभियन्ता थापाले जानकारी दिए । न्युन आयस्रोत भएका परिवारका बालबालिकालाई विद्यालयसम्म पुग्नै पनि कठिन हुने भन्दै राहत पुर्याउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको समाजसेवी महादेव मल्लले जानकरी दिए । आफू पनि दुखमै हुर्किएको बताउँदै मल्लले स्वर्गीय छोरा रचित मल्लको सम्झनामा सहयोग गर्न पाउँदा केही खुसी अनुभूति भएको बताए ।
बालबालिकालाई यसरी सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानबहादुर गाहा र प्रअ दानबहादुर रानाले धन्यवाद प्रकट गरे । शिक्षक बिन्दु अर्यालले संचालन गरेको कार्यक्रममा स्वागत रीता चापगाईंले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९