नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा मिर्गौला रोगीलाई मंगलबारदेखि निशुल्क डायलासिस सुरु भएको छ । यहाँ मिर्गौला रोगीहरुका लागि निशुल्क डायलासिस सुरु भएपछि जिल्लाका रोगीलाई बाहिर जिल्ला जानु पर्ने समस्या त टरेको छ नै आर्थिक अभावमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता समेत हट्ने भएको छ ।
छिमेकी जिल्ला रुपन्देही र चितवनका सरकारी अस्पतालमा डायलासिसका लागि बेलैमा पालो नपाउने र निजी अस्पतालमा बढी खर्च गर्नुपर्नेै बाध्यता यहाँका मिर्गौला पीडितको थियो । तर, मध्यविन्दु जिल्ला अस्पतालमा यो सेवा सुरु भएपछि मिर्गौला पीडितले राहत पाएका छन् ।
११ वर्षदेखि मिर्गौला प्रत्यारोपणका लागि मिर्गौला नपाएर डायलासिस गराउँदै आएकी देवचुली ६ निवासी ५८ वर्षीया चित्रकुमारी मल्लले आफ्नै जिल्लाको सरकारी अस्पतालमा निशुल्क डायलासिस गर्न पाउँदा खुसी लागेको बताइन् ।
मध्यविन्दु जिल्ला अस्पतालमा सुरु डायलासिस सेवाको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले उद्घाटन गरेकी हुन् । अस्पतालका लागि गण्डकी प्रदेश सरकारले ४ वटा डायलासिस मेसिन निशुल्क प्रदान गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसाल लगायतले सहयोगको लागि प्रतिबद्धता जनाए । जिल्लाभित्रका मिर्गौला रोगीले अस्पतालबाट निशुल्क सेवा पाउने अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए । स्वास्थ्य विमा गरेका वा नगरेका सबैले सो सेवा पाउने सुवेदीले बताए । त्यसका लागि कुनै पनि पालिका वा वडा कार्यालयबाट सिफारिस समेत चाहिंदैन ।
नवलपुरमा कम्तीमा ८० जना मिर्गौला रोगीले डायलासिस गरेको अस्पतालको तथ्यांक छ । जसका लागि अस्पतालमा रहेका ४ वटा मेसिन पूर्णरुपमा सञ्चालनमा ल्याउनु पर्नेछ भने अस्पतालमा डायलासिस सेवामा मात्रै १० वटा वेड सञ्चालनमा ल्याउनु पर्ने देखिन्छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलका अनुसार अस्पतालले जनशक्ति व्यवस्थापनदेखि थप बेड व्यवस्था गरेर जिल्लाभित्रका सबै बिरामीलाई सेवा दिने गरी तयारी थालिसकेको बताए । अस्पतालले पहिलो सत्रको रुपमा अहिले ९ जना मिर्गौला रोगी बिरामीलाई मात्र सेवा दिएको छ ।
अस्पताल अध्यक्ष बालकृष्ण घिमिरेले यसका लागि स्थानीय तहको सरकारदेखि प्रदेश तथा केन्द्र सरकारको सम्बन्धित मन्त्रालयसम्म पहलकदमी लिइरहेको बताए । घिमिरेले पुस मसान्तसम्ममा जिल्लाभित्रका मिर्गौला रोगीले डायलासिसका लागि बाहिरी जिल्ला जानु पर्ने बाध्यता अन्त्य हुने गरी सेवा दिने बताए ।
१५ शड्ढयामा दर्ता भएर ५० शड्ढयाको अनुमति प्रक्रियासँगै ५० शड्ढयामा सञ्चालनमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा नियमित सेवाका साथै, सुत्केरी सेवा, कोभिडका बिरामीलाई आइसियु कक्ष, कडा क्षयरोगका बिरामीलाई होस्टेल सहितको उपचार सेवा लगायत उपचार सेवा सञ्चालनमा छन् ।
Related News
सम्बन्धित समाचार
माउन्ट अन्नपूर्णमा स्वागत तथा बिदाइ
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९