गैंडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था इकाइ १ को २७ औं साधारणसभा सम्पन्न भएको छ । किसान साकोसको एकाई १ मा बिजयनगर, हिमचुली, सम्वृद्धि भरतपुर, सप्तरंगी, सौहाद, सहज, सप्तगण्डकी र नारायणगढ सेवा केन्द्र छन् ।
सभामा सहसचिव सरस्वती कँडेलले आर्थिक वर्ष २०७८/७९ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहसचिव कँडेलले चालु आर्थिक वर्षमा संस्थाको चुक्ता सेयर पूँजी ४४ करोड ८० लाख पुर्याउने लक्ष्य रहेको बताइन् । उनले चालु आर्थिक वर्षको अन्त्यसम्म ९२ हजार सेयर सदस्य पुर्याउने उल्लेख गर्दै एससीटी नेटवर्कसँग आबद्ध भई एटिएम सञ्चालन गरिने बताइन् ।
गैंडाकोट ४ को एग्रोमार्ट परिसरमा सोमबार भएको साधारणसभामा संस्थाका सदस्य राजेन्द्र गौतमले आव २०७८/७९ को आर्थिक प्रतिवेदन एवं २०७९/८० को प्रस्तावित लक्ष्य तथा बजेट प्रतिवेदन प्रस्तुत गरेका थिए । सदस्य गौतमको प्रतिवेदनमा चालु आर्थिक वर्षको कुल सम्पति ३ अर्ब ४४ करोड ७९ लाख ५६ हजार ८ सय ४९ रुपैयाँ भएको उल्लेख छ । संस्थाले गत आर्थिक वर्षको सेयर पुँजी ३५ करोड १५ लाख ६६ हजार ८ सयलाई बढाएर चालु आर्थिक वर्षमा ४४ करोड ८० लाख पुर्याउने लक्ष्य रहेको सदस्य राजेन्द्र गौतमको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारणसभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक चिन्तामणि कँडेलले प्रस्तुत गरेका थिए ।
किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले स्थानीयस्तरमा रहेका २४ वटा सहकारीलाई एकीकरण गरी सहकारी अभियानलाई नै मार्गदर्शक रूपमा चिनाउन सफल किसान साकोसले ३ प्रदेशका ४ वटा जिल्लाहरुमा ८२ हजार सेयर सदस्यहरु मार्फत करिब ४ अर्व पुँजी परिचान गर्न सफल भएको बताए ।
कार्यक्रम संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षतामा भएको थियो । २७ औं साधारण सभामा उपाध्यक्ष भोजराज पौडेलले स्वागत र सञ्चालन सहसचिव सरस्वती कँडेलले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
पोखराको डल्फिन सहकारीका म्यानेजर खाती झुण्डिएको अवस्थामा भेटिए
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
आज सहिद दिवस
सुपर भ्वाइस अफ त्रिवेणी बने किशोर
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९