पोखरा । समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९ सफल पार्न पोखरा उद्योग वाणिज्य संघआवद्ध बस्तुगत संघले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले व्यापार मेला सफल हुँदा आर्थिक गतिविधि चलायमान हुने धारणा पनि व्यक्त गरे । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यही मंसिर १६ देखि २६ सम्म मेला सुरु हुँदैछ ।
कास्की जिल्ला हस्तकला संघ अध्यक्ष रामकली खड्काले महिला उद्यमी, हस्तकला तथा लघुउद्यमीका लागि आफ्ना उत्पादन प्रदर्शन गर्ने उपयुक्त थलो नै मेला भएको बताइन् । आफ्ना सामानको ब्रान्डिङ गर्न तथा उपभोक्ताको धारणा बुझ्न पनि यस्ता मेलामा सहभागिता जनाउनुपर्ने उनको भनाइ थियो । उनका अनुसार सिटीइभिटीको सहकार्यमा कास्की जिल्ला हस्तकला संघले मेला परिसरभित्रै विभिन्न ४ खालको तालिमको प्रबन्ध गरिएको छ ।
पोखरा हार्डवयर एसोसियसन अध्यक्ष शेषकान्त ढकालले राष्ट्रिय औद्योगिक व्यापार मेला सफल हुँदा त्यसको फाइदा सबै व्यवसायी र पोखरेलीले पाउने बताए । मेला उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट हुने थलो हो भने ।
पोखराको नयाँबजारमा मंसिर १६ देखि २६ सम्म मेला हुँदैछ
फेन्सी तथा रेडिमेड व्यवसायी संघ अध्यक्ष राजु पौडेलले मेलामा गुणस्तरीय सामग्री सस्तो मूल्यमा उपलब्ध गराउन विशेष व्यवस्था गरिनुपर्ने सुझाव दिए । सिद्धार्थचोक–चिप्लेढुंगा व्यवसायी संघका अध्यक्ष डिबी भुजेलले उपभोक्ताका चाहना र आवश्यकता अनुसारका बस्तु तथा सेवाहरु मेलामा राखिनुपर्नेमा जोड दिए । सर्वेश्वर मार्ग व्यवसायी संघका अध्यक्ष बालकृष्ण भण्डारीले राष्ट्रिय औद्योगिक व्यापार मेला व्यवसायीको ठूलो पर्व भएको धारणा राखे ।
कास्की जिल्ला मुद्रण संघ अध्यक्ष किरण श्रेष्ठले मेलालाई सफल बनाउन हरतरहले सघाउने प्रतिबद्धता व्यक्त गरे ।
पृथ्वी होटल संघका अध्यक्ष बालकृष्ण न्यूरेले मेलाले सेवा उद्योगको प्रवद्र्धनमा पनि सघाउने धारणा राखे । फलफूल तथा तरकारी बिक्रेता संघका रामकृष्ण दवाडीले मेलामा कृषि उत्पादनहरुलाई विशेष प्राथमिताका साथ प्रदर्शन गरिनुपर्ने सुझाव दिए ।
कस्मेटिक व्यवसायी संघकी दुर्गा बरालले मेलालाई महिला उद्यमशीलता विकास गराउने थलोको रुपमा विकास गर्नुपर्ने बताइन् ।
मेलाको बस्तुगत संघ संस्था समन्वय उपसमिति संयोजक लेखनाथ सुवेदीले बस्तुगत संघसँगको सहकार्यबाट मात्र मेला सफल हुने बताए ।
कार्यक्रममा संघ अध्यक्ष पवनकुमार प्रजापति, वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की लगायतले सहभागीको जिज्ञासा मेटाएको महासचिव बलराम आचार्यले बताए ।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९