पोखरा । अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता पोखरामा सोमबारदेखि सुरु भएको छ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा सुरु प्रतियोगिताको खेलकुद परिषद् गण्डकीका सदस्यसचिव घनश्याम पौडेलले प्रतियोगिता निर्देशक अजय विष्टलाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरे ।
प्रतियोगिता उद्घाटन खेलमा भारतका बंश नन्दालले नेपालका सक्षम विक्रम शाहलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा नेपालका राजविर प्रधानले भारतका विभु चलाङगुन्डलालाई ७–५ र ६–१ को सेटमा पराजित गरे ।
अन्य खेलमा भारतका सिद्धान्त सर्माले कोरियाका जीवान पार्कलाई, रसियाका फेडोर सोसेड्कीनले भारतका देवर्शी सेनलाई, नेपालका आर्यन गिरीले भारतका धनुष बर्मालाई, भारतका श्रीनिधि बालाजीले अमेरिकाका समिक्षा अनिमलाई, नेपालका रायन शाहले भारतका दिभिजा मनेनीलाई, श्रीलंकाका भिष्मी ओनेथ्रा शेरासिंगेले भारतका ऋदेशी पाइलाई पराजित गरे ।
कार्यक्रममा परिषद् सदस्यसचिव पौडेलले पोखरामा टेनिस खेलले छोटो समयमै ठूलो उपलब्धि हासिल गरेको बताए । टेनिस संघका पदाधिकारी तथा खेलाडीको उत्साहले नै यस्तो सम्भव भएको पौडेलको भनाइ थियो । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले पोखराले टेनिसमा खेल आयोजनासँगै उत्कृष्ट खेलाडीहरु समेत उत्पादन गरेको भन्दै खुसी व्यक्त गरे । नेपाल टेनिस संघ उपाध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस विकासका लागि धेरै वर्ष पहिला आफुले देखेको सपना साकार हुँदै आएको उल्लेख गरे ।
सर्किट १ खेल्न विभिन्न ९ राष्ट्रका ९८ खेलाडी पोखरा आएका छन् । २ सातासम्म चल्ने प्रतियोगितामा १३ देखि १८ वर्षसम्मका महिला तथा पुरुषका एकल र डबल्स इभेन्टमा प्रतिस्पर्धा गर्ने संघ कास्की उपाध्यक्ष नवीन चालिसे बताए ।
Related News
सम्बन्धित समाचार
क्युपेकमा सेभन ए साइड फुटबल प्रतियोगिता
गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने
सहारा एकेडेमीलाई सहयोग
टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९