पोखरा । आगामी जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षा उडान) पूरा भएको छ । गएको ५ मंसिरदेखि एक सातासम्म भएको फ्लाइटपछि अब एरो थाई कम्पनीले ३ साताभित्र प्रतिवेदन बुझाउनेछ ।
थाइल्याण्डबाट यहाँ आएको विमानको क्यालिब्रेसनको बखत विभिन्न यान्त्रिक परीक्षण सफलतापूर्वक पूरा भएको विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए । प्रतिवेदन कम्पनीले बुझाएपछि मात्र नयाँ विमानस्थलमा परीक्षण उडान हुने गर्दछ । र, परीक्षण उडान समेत सफल भएपछि व्यावसायिक उडान सुरु हुने छन् । विमानस्थलमा अंग्रेजी नयाँ वर्ष पुस १७ अर्थात् जनवरी १ देखि औपचारिक उडान गर्ने लक्ष्य छ ।
निर्माण आखिरीमा परेको विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेबमाजिम उडान भएको प्रवक्ता अनुप जोशीले जानकारी दिए ।
क्यालिबे्रसन फ्लाइटका कारण चालु रहेको यहाँको विमानस्थलमा केही उडान प्रभावित भएको थियो । त्यसबेला बिहान १० बजेभन्दा अघि र दिउँसो १ देखि साढे २ सम्म मात्र चालु विमानस्थलबाट उडान भए ।
पोखरा विमानस्थलबाट हाल काठमाडौं, जोमसोम, भरतपुर, भैरहवा, धनगढी र नेपालगञ्जका लागि नियमित उडान हुने गर्दछ ।
नेपालका करिब दुई दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो । सन् २०२१ जुलाई १० सम्म निर्धारित समय तोकिएकोमा ६ महिनाअघि नै संचालन हुने गरी तीव्र भए पनि कोरोनाले निर्माण प्रभावित बनेको थियो । चिनियाँ कम्पनी सिएएमसी इञ्जीनियरिङले सन् २०१७ नोभेम्बरदेखि काम थालेको थियो ।
विमानस्थलको रन–वे २ हजार ५ सय मिटरको छ । नेपालले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण थालिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प रुपमा हेरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९