पोखरा । ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष डा. नारायणप्रसाद अधिकारद्वारा लिखित श्री निम्बार्क वैष्णव परम्परा विषयक कृति विमोचन गरिएको छ । राधाकृष्ण शान्ति आश्रम लामेआहालका पूर्व महन्त शखीशरण भण्डारीले सोमबार पुस्तकको विमोचन गरेका हुन् ।
पोखरा ९, नयाँबजारस्थित मातृकाप्रसाद सिग्देलको श्रद्धाञ्जली सभा तथा गोलोकोत्सवमा पुस्तक विमोचन गरिएको हो । २००२ सालमा जन्मिएर २०७८ मा स्वर्गीय सिग्देलकी धर्मपत्नी हरिमायाले पतिको स्मृतिमा उक्त कृति प्रकाशित गरेकी हुन् ।
९८ पृष्ठको सो कृतिमा निम्बार्क सम्प्रदायको उद्भव, दर्शन र आचार्य परम्पराबारे संक्षिप्त तर सारपूर्ण ढंगले चर्चा गरिएको कृतिका समीक्षक माधवशरण उपाध्ययले जानकारी दिए । उनले निगम (वेद) र आगम (वेदमूलक, क्रियात्मक तन्त्रशास्त्र) का आधारमा स्थापित निम्बार्क सम्प्रदाय प्राचिनतम सम्प्रदाय रहेको बताए । उपनिषद्मा राधालाई परशक्ति र श्रीकृष्णलाई परब्रह्म मानिएको र तिनै परशक्ति र परब्रह्मरुप राधाकृष्णको सगुण–साकार युगल रुपको उपसना गर्ने परम्परा नै निम्बार्क सम्प्रदायमा रहेको चर्चा पुस्तकमा छ । निम्बार्क सम्प्रदाय सात्विक उपासनापरक वैष्णव आगममा आधारित छ ।
सिग्देलकी धर्मपत्नी हरिमायाले पतिको स्मृतिमा कृति प्रकाशन गरेकी हुन्
मातृकाप्रसाद सिग्देलको देहान्तअघि अस्पतालमा रहँदा विभिन्न हिसाबले स्वास्थ्योपचारमा सघाउने डाक्टरलाई सो अवसरमा सम्मान गरिएको थियो । सम्मानित हुनेमा डा. भोजराज न्यौपाने, डा. हरि केसी, डा. थानेश्वर पहारी, डा. दीपेन्द्रमान श्रेष्ठ, प्राडा रवीन्द्र श्रेष्ठ, डा. गणेशभक्त आचार्य र डा. विश्वदीप तिमिल्सिना छन् ।
कृतिका लेखक डा. अधिकारीले धर्ममा स्वार्थ मिसिंदा पछिल्ला दशकहरुमा धर्म दूषित हुँदै गएको बताए । धर्म र ईश्वरको नजरमा सबै जातजाति समान रहेको उनले बताए । वैष्णव सम्प्रदायको मूल दर्शन श्रीमद्भागवत एकादशस्कन्दको १३ औं अध्यायमा वर्णित श्रीकृष्ण र उद्धव विचको सम्वादमा प्रस्तुत हंस भगवान्ले सनकादीलाई दिएको उपदेशमा आधारित भएको उनले उल्लेख गरेका छन् । एसको परम्परा पनि त्यहींबाट हंस सनकादि नारद निम्बार्क हुँदै लामो आचार्य श्रृंखला परा गरी श्री भागवत्शरण देवासम्म आइपुगेको पनि उनले स्मरण गराए । पुस्तकमा निम्बार्क वैष्णव सम्प्रदायको पृष्ठभूमि, श्रीहंसोपदेश, श्रीसनकादि, श्रीनारद लगायत विभिन्न आचार्य सम्प्रदायबारे चर्चा गरिएको छ ।
पुस्तक प्रकाशिका हरिमाया सिग्देलले आफू निम्बार्क वैष्णव परम्पराबाट दीक्षित भए पनि सम्प्रदायसम्बन्धी थप कुराहरु बुझ्न पुस्तकले सघाउने विश्वास व्यक्त गरिन् । पति मातृकाकै प्रेरणा र संगतपछि आफू वैष्णव सम्प्रदायमा आवद्ध भएको उनले उल्लेख गरेकी छन् । कार्यक्रममा भाषाविद्, मदन पुरस्कार विजेता एवं लामेआहाल राधाकृष्ण मन्दिरका महन्त मुकुन्दशरण उपाध्याय, नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा र प्राध्यापन पेसामा संलग्न सूर्यभक्त सिग्देल लगायतले भनाइ राखेका थिए । कार्यक्रम संचालन पत्रकार पूर्णचन्द्र घिमिरेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९