पोखरा । गण्डकीमा सबै क्षेत्रको नतिजा आइसक्दा स्याङ्जा क्षेत्र २ को मतगणना अझै अनिश्चित छ । मंगलबारसम्म प्रतिवेदन बुझाउने भनिएकोमा अझै बुझाउन नसक्दा त्यहाँको संशय यथावत् छ ।
निर्वाचन आयोगका कानुन सहसचिव फणीन्द्र गौतम नेतृत्वको टोली गएको शुक्रबार स्थलगत अवलोकन तथा छलफलका वालिङ गएको थियो । टोलीले जिल्लास्थित सुरक्षा निकाय, प्रशासन, आन्दोलनरत दल, बुथ कब्जा भएका भनिएका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतहरुसँग छलफल गरी काठमाडौं फर्केकोमा ३ दिनभित्र प्रतिवेदन बुझाउने जनाइएको थियो ।
मंसिर ४ को मतदानपछि निर्वाचन अधिकृतको कार्यालयमा सबै स्थानबाट मतपेटिका प्राप्त भइसकेपछि एमाले लगायत दलहरुले कांग्रेसद्वारा बुथ कब्जा भएको आरोप लगाउँदै पुनःमतदान माग गर्दै धर्ना दिएका छन् । कांग्रेसले चापाकोट ३, ४ र ५ का ४ वटा मतदान केन्द्रमा बुथ कब्जा गरी धाँधली गरेको उनीहरुको आरोप छ । तर कांग्रेससहित गठबन्धनका दलले विधि र प्रक्रिया पूरा भएर निर्वाचन कार्यालयमा सुरक्षित आएको जनताको अभिमत तत्काल गणना गरेर निकास निकाल्नुपर्ने माग गरेका छन् ।
दुबै पक्षले निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएपछि सम्भावित घटना मध्यनजर गर्दै सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
अखिल गण्डकीबाट अध्यक्ष र संयोजकको टुंगो
प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९