पोखरा । स्याङ्जा २ को गणना बाँकी हुँदा प्रदेश सभा निर्वाचन अन्तर्गत गण्डकीबाट प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रको नतिजा आएको छ । समानुपातिकमा ९ लाख १८ हजार ८ सय ४४ मत सदर भएको छ । यसैलाई सत्प्रतिशत मानेर हिसाब गर्दा ७ वटा दलले मात्रै थ्रेसहोल्ड (१.५ प्रतिशत) कटाएका छन् ।
नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), हाम्रो नेपाली पार्टी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी प्रदेशको थ्रेस होल्ड कटाउने दल हुन् ।
यद्यपि बाँकी रहेको मत नगन्दासम्म समानुपातिकको सिट हिसाब निकाल्न सकिंदैन । हालसम्मको सदर मत र दलहरुले प्राप्त गरेको मतका आधारमा समानुपातिकतर्फ एमाले ठूलो पार्टी बन्ने छ । एमालेले २०७४ कै सरह १० सिट पाउँछ भने कांग्रेस पहिलेजस्तै ९ सिट ल्याएर दोस्रो दल बन्छ । माओवादीले पनि २०७४ सरहकै ३ सिट पाउँछ । २०७४ मा १/१ सिट जितेका जनमोर्चा र नयाँ शक्ति पार्टीको २ सिट अहिले राप्रपाले पाउने भएको छ । यहाँ राप्रपाको २ सिट निश्चित जस्तै भएको छ । तर हाम्रो नेपाली पार्टीले केही मत बढायो र कांग्रेसले अपेक्षित मत नपाए कांग्रेसको सिट घटेर लौरोको सांसद बन्ने अवस्था रहन्छ । प्रत्यक्षमा भने कांग्रेसको तुलनामा एमालेले कम सिट ल्यायो । ३४ क्षेत्रको परिणाममा कांग्रेसले १६, एमालेले १२, माओवादी ५ र एक जना स्वतन्त्रले चुनाव जितेका छन् । २०७४ सालमा एमालेले १७ र कांग्रेसले ६ सिट जितेका थिए ।
तर सानुपातिकतर्फ परिणाममा २०७४ मा भन्दा अहिले ठूला दलले मत घटाए । एमालेले अघिल्लो चुनावभन्दा ३२ हजार ९ सय ६८ मत कम पाएको छ । त्यसबेला एमालेले ३ लाख ७३ हजार ५ सय १ मत पाएको थियो भने अहिले ३ लाख ४० हजार ५ सय ३३ मत ल्याएको छ ।
स्याङ्जा २ को अन्तिम परिणामपछि फरक नतिजा आउन पनि सक्छ
कांग्रेसले एमालको भन्दा २२ हजार कम अर्थात् ३ लाख १७ हजार ५ सय ९६ मत पाएको छ । अघिल्लो चुनावमा कांग्रेसले ३ लाख ६४ हजार ७ सय ९७ मत ल्याएको थियो । यो मत अघिल्लो चुनावभन्दा ४७ हजार २ सय १ मत कम हो । माओवादीले भने खासै मत घटाएको छैन । २०७४ मा १ लाख १९ हजार ५ सय २८ मत पाएको माओवादीले अहिले ४ हजार १ सय ६२ मत कम अर्थात् १ लाख १५ हजार ३ सय ६६ ल्यायो ।
त्यसबखत नयाँ शक्ति पार्टीले २४ हजार ६ सय २५ र जनमोर्चाले १९ हजार ३ सय ७६ मत पाएको थियो । अहिले नयाँ शक्ति छैन । जनमोर्चाले पनि करिब ५ हजार मत घटाएको छ । यहाँ अप्रत्यासित रुपमा राप्रपाले प्रगति गरेको देखाउँछ । राप्रपाले ५७ हजार १ सय १६ मत पायो । यो अघिल्लो चुनावभन्दा तीनगुणा बढी हो । २०७४ सालमा राप्रपाको १५ हजार ६ सय ४९ मत थियो । त्यतिबेलाको छैटौं पार्टी विवेकशील साझा (राप्रपाभन्दा अगाडि) अहिले निकै कमजोर बनेको छ । १६ हजार ५ सय ७३ मत ल्याएको विवेकशीलले अहिले १ हजार पनि कटाएन । उसको मात्र ४ सय ५९ मत आएको छ ।
अहिले पाँचौ हाम्रो नेपाली पार्टी (लौरो) ले १८ हजार ४ सय ६६ पाउँदा अघिल्लो पटक सांसद सिट पाएको जनमोर्चा १४ हजार ७ सय ९३ मतमा समेटियो । नेकपा (एकीकृत समाजवादी) ले १४ हजार ६ सय ९७, मंगोल नेशनल अर्गनाइजेसनले १० हजार ४ सय ५८ मत पायो । यस्तै, जसपाले ५ हजार ६ सय ८२, आमा पार्टीले ३ हजार ६ सय ९७, जनमत पार्टीले ३ हजार ५ सय ७४, जनमुक्ति पार्टीको ३ हजार ५ सय ५ र नागरिक उन्मुक्ति पार्टीको २ हजार ३ सय ४४ मत छ । नेकपा माक्र्सवादी समाजवादीको १ हजार ९ सय ४६ र मौलिक जरोकिलो पार्टीले १ हजार ८९ मत पाउँदा बाँकी सबै दलहरु १ हजार मत कटाउन सकेनन् । १६ वटा दलको हजार मत नकटेको हो । राप्रपा नेपाल, नेपाली कांग्रेस (बिपी) लगायत दलहरु निकै कमजोर सावित भए । कांग्रेस बिपीको ७ सय ४७ र राप्रपा नेपालको ८ सय ८६ मत आएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९