पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले कारागार अनुगमन प्रतिवेदन पेस गरेका छन् ।
प्रदेशभित्र रहेका हिरासत थुनुवा कक्ष तथा कारागारमा रहेका थुनुवा तथा कैदी उपर मानवोचित व्यवहार भए नभएको सम्बन्धमा निरीक्षण गरी सो सम्बन्धी प्रतिवेदन तयार गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव प्रदान गर्ने व्यवस्था अनुसार मुख्य न्यायाधिवक्ता बास्तोलासहितको समूहले कारागार अनुगमन गरेको थियो ।
विभिन्न जिल्लास्थित हिरासत कक्ष र कारागार अनुगमन गरी त्यहाँको भौतिक संरचना, थुनुवा तथा कैदी बन्दीहरूको संख्या, स्थिति, स्रोत साधनको उपलब्धता तथा अन्य समस्याबारेमा छलफल गरी प्रतिवेदन तयार पारिएको बास्तोलाले बताए ।
अघिल्लो वर्ष उक्त कार्यालयले गोरखा, बागलुङ र कास्की जिलाका हिरासत तथा कारागार अनुगमनको प्रतिवेदन बुझाएको थियो । चालु आवमा तनहुँ, लमजुङ, म्याग्दी र मुस्ताङ जिल्लाका हिरासत तथा कारागार र कास्की जिल्ला सराङकोटस्थित बाल सुधारगृह निरीक्षणको प्रतिवेदन बुझाइएको हो ।
कारागारहरुमा साँघुरो संरचनामा धेरै कैदी बन्दी राखिएको, स्वास्थ्यकर्मीको पदपूर्ति नगरिएको, आवतजावतका लागि गाडी अभाव रहेको प्रतिवेदनमा उल्लेख छ । अदालती प्रक्रियाका बारेमा कैदीबन्दीको अलि बढी गुनासो छ ।
मनोरञ्जनका लागि कुनै व्यवस्था नरहेको, पुस्तकालयमा पत्रपत्रिका र पुस्तक उपलब्ध नरहेको, शौचालय पर्याप्त नहुनुका साथै कमजोर सरसफाइ रहेको प्रतिवेदनमा उल्लेख छ ।
समानुकूल सिधा खर्च नपाएको, कैदी बन्दीलाई मुढा बुन्नेबाहेक अन्य सीपमूलक तालिमको उचित व्यवस्था नभएको गुनासो आएको मुख्य न्यायाधिवक्ता बास्तोलाले बताए ।
मुख्यमन्त्री पोखरेलले धेरै मेहनतका साथ कारागार अनुगमन गरी प्रतिवेदन बुझाएको धन्यवाद दिंदै देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९