नयन र स्वागत सहकारी एकीकरण

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७९
Sahakri Merge

लेखनाथ । पोखरा २६ मा रहेको नयन वचत तथा ऋण सहकारी र पोखरा १४ को चाउथेमा रहेको स्वागत बचत तथा ऋण सहकारी संस्था मर्ज भएका छन ।

दुई संस्थाबीच समान कार्ययोजना पारित गर्दै एकीकरण भएपछि सहकारीको पुँजी रकम ४ करोड ७४ लाख १५ हजार ८ सय पुगेको छ ।

सहकारी खोल्नुभन्दा पनि व्यवस्थित रुपले सहकारी सञ्चालनमा वर्तमान अवस्थामा देखिएका समस्यालाई मध्यनजर राख्दै २ सहकारी आपसमा मर्ज भएका हुन् ।

सहकारीको निक्षेप १२ करोड ३५ लाख ९० हजार चार सय ६२ पुगेको छ भने लगानीतर्फ १५ करोड ७ लाख ७१ हजार चार सय ५१ पुगेको हो ।

२ संस्था एकीकरण घोषणा सभा तथा विशेष साधारण सभाले आगामी कार्यकालका लागि टीकाराम सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा कृष्णप्रसाद सुवेदी, सचिवमा शिवहरि सुवेदी, सह सचिव शोभामोहन सुवेदी र कोषाध्यक्ष अर्जुन सुवेदी छन् भने समितिको सदस्यहरु सान्तोष सुवेदी, दामोदर सापकोटा, मेनका देवी लामिछाने, सन्दीप सुवेदी, शिवप्रसाद अधिकारी र यमनारायण श्रेष्ठ रहेका छन् ।

विशेष साधारण सभामा पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले समान योजना र उद्देश्य भएका सहकारीहरु एकीरण भई सामूहिक लगानीको अवधारणाले आय आर्जनमा जोडिनुपर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा सल्लाहकार बलराम ढकाल, शिक्षा उप समिति संयोजक दामोदर सापकोटा र उपाध्यक्ष कृष्णप्रसाद सुवेदीलगायतले आ–आफनो धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विमल भण्डारीले स्वागत र नयन बचत तथा ऋण सहकारी संस्थाका सचिव शिवहरि सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • माउन्ट अन्नपूर्णमा स्वागत तथा बिदाइ

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    पोखरा । पोखरा ५ पस्र्याङस्थित माउन्ट अन्नपूर्ण क्याम्पसका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको छ । बिएस्सी सिएसआइटी ४ वर्षको अध्ययन…
  • मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    हेमजा । हेमजामा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञकमा आधा करोड बढी रुपैयाँ संकलन भएको छ । बावियाँतरास्थित मानव सेवा आश्रमको निर्माणाधीन…
  • पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    पोखरा । पोखराका मुख्यबजारमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको गत साताको निर्णयले धेरै आश्चर्यमा परे । १६…
  • राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षका लागि नेकपा (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले आइतबार मनोनयन दर्ता गराएकी छन् । प्रमुख प्रतिपक्षी…
  • पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । पोखरा १७ स्थित रातो पहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आइतबार आफ्नै परिसरमा २० औं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस…

hero news full width