पोखरा । पोखरा ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको छैटौं अधिवेशन तथा साधारणसभा एक कार्यक्रमबीच सम्पन्न भएको छ । छैटौं अधिवेशनले मुकुन्दशरण उपाध्यायलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको छ ।
समितिको सहअध्यक्ष गणेशबहादुर खत्री, उपाध्यक्ष हरिभक्त सिग्देल, सचिव घनश्याम खनाल, सहसचिव तीर्थराज ढकाल, कोषाध्यक्ष रामचन्द्र सिग्देल रहेका छन् । सदस्यहरू माधवशरण उपाध्याय, हरिराज घिमिरे, कृष्णप्रसाद खनाल, केशवराज पौडेल, मोहनकुमार प्रधान छन् । समितिको पदेन सदस्यमा राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगल र राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र रेग्मी रहेका छन् ।
कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का विखर्चीले उद्घाटन गरे । कार्यक्रममा कुलपति विखर्चीले राधाकृष्ण मन्दिर तथा शान्ति आश्रमको सञ्चालनका लागि प्रतिष्ठानका तर्फबाट वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्ने विश्वास व्यक्त गरे ।
राधाकृष्ण मन्दिर शान्ति आश्रमका अध्यक्ष मुकुन्दशरण उपाध्यायले सबैको साथ र सहयोगमा राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वांगीण विकास गर्नुपर्ने आवश्यकता औंल्याए । सह अध्यक्ष गणेशबहादुर खत्रीले राजमार्गबाट राधाकृष्ण मन्दिरसम्म जाने बाटोलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
सचिव घनश्याम खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा पोखरा–३२ का अध्यक्ष अक्कलबहादुर कार्की, वडा सदस्य सावित्री पण्डित, गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, भगवती पन्तलगायतले यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिए कार्यक्रममा राधाकृष्ण मन्दिर शान्ति आश्रममा विशिष्ट योगदान गर्नुभएको भन्दै मनोहरि भण्डारीलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९