पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा शनिबार पूर्व विद्यार्थीरूसँग पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । पश्चिमाञ्चल क्याम्पसको ३५ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा क्याम्पस प्रशासनद्वारा स्थापनाकालदेखि अहिलेसम्म क्याम्पसमा अध्ययन गरेका सम्पूर्ण विद्यार्र्थीसँग पुनर्मिलन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा पूर्वविद्यार्थी मञ्च, पश्चिमाञ्चल क्याम्पस तदर्थ समितिका सचिव उमेश रुपाखेतीले पूर्वविद्यार्थी मञ्चका लागि विधान तयार गरी जिल्ला प्रशासनमा ‘पूर्व विद्यार्थी मञ्च, पश्चिमाञ्चल क्याम्पस’ दर्ता प्रक्रियालाई अघि बढाएकोमा आफूहरू हर्षित भएको बताए । क्याम्पसका सहायक क्याम्पस प्रमुख ई. सुरेश तिमिल्सिनाले क्याम्पसका गतिविधिहरू र भावी कार्ययोजनाका बारेमा प्रष्ट पारेका थिए ।
क्याम्पस प्रमुख बरालको अध्यक्षतामा भएको कार्यक्रममा इलेक्ट्रोनिक्स तथा कम्प्युटर विभागका उपप्रध्यापक होमनाथ तिवारीले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन क्याम्पसका पुर्व विद्यार्थी तथा सिभिल विभागमा कार्यरत उपप्राध्यापक नारायणप्रसाद दवाडीले गरे ।
क्याम्पसका पूर्वविद्यार्थी ऊर्जा सचिव रामकुमार श्रेष्ठ र ई. दामोदर तिवारीको पहलमा क्याम्पसको नवनिर्मित भवनमा २० किलोवाटको सोलार ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश सरकारको सहयोग प्राप्त भएको प्राप्त भएको जानकारी दिइयो । पूर्व विद्यार्थी ई.राम पराजुली, ई. सोभियत खड्काको पहल तथा पूर्वविद्यार्थी निवर्तमान भौतिक योजना तथा सहरी विकास पूर्वाधारमन्त्री कुमार खड्काको सहयोगमा क्याम्पसको सिभिल एकेडेमिक ब्लकको मल्टिमिडिया हल निर्माण कार्य भइरहेको र पूर्वविद्यार्थीहरू ई.धुव्र भट्टराई र ई.नवीन गौतमको पहलमा क्याम्पस परिसरभित्र ओपन जिम निर्माण कार्य पोखरा महानगरपालिकाको सहयोगमा सम्पन्न भएकोमा क्याम्पस प्रशासनले आभार व्यक्त गरेको छ ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९