कर्मचारी युनियन हिमालय आँखा अस्पतालमा प्रेमकुमार

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७९
Himalay eye hospital News

पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखरा अध्यक्षमा प्रेमकुमार नकर्मी निर्वाचित भएका छन् ।

युनियनको शनिबार सातौं अधिवशनले नकर्मीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । कमिटी उपाध्यक्षमा शकुन्तला श्रेष्ठ, सचिवमा अनिलकुमार शिंह, कोषाध्यक्षमा पुण्यप्रताप शाह र सहसचिव कल्पना आचार्य निर्वाचित भए ।

सदस्यमा विष्णु काफ्ले, जमुना पौडेल, सन्तोष बराल, सृजना तिवारी, गीता नहर्की, शान्ति चौधरी, दीपिका गुरुङ, विजय पौडेल, चित्रा उप्रेती र कृष्ण रानालाई चयन गरेको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन केन्द्रीय अध्यक्ष उमेश गिरीले निर्वाचितलाई पद तथा गोपनीयताको सपथ गराए ।

कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्री संयोजक, युनियनका केन्द्रीय सल्लाहकार कमिटी सदस्य मन्जु आचार्य, युनियनका केन्द्रीय सदस्य गोविन्दनाथ योगी, जिफन्ट पोखरा महानगर कमिटी अध्यक्ष सूर्यप्रसाद उपाध्याय, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमका अध्यक्ष कृष्ण आचार्य, युनियनका सल्लाहकार सुभास नेपाल र शशिकला लामिछाने सदस्य रहेको निर्वाचन कमिटीले निर्वाचन गराएको हो ।

कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष गिरीले युनियन व्यवस्थापन पक्षले चलाउने खालको बन्न नहुने बताउदै सक्षम नेतृत्वको खोजी गर्नुपर्ने बताए ।

जिफन्ट गण्डकी अध्यक्ष खत्रीले मजदुर आन्दोलनकै बलमा आज मजदुरले १ लाखसम्मको निशुल्क उपचार र ७ लाखसम्मको दुर्घटना बिमा सुविधा प्राप्त गरेको बताए ।

हिमालय आँखा अस्पताल ब्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले आफ्नो जिम्मेवारी र कामलाई प्राथमिकतामा राखेर पेसागत हकहितको लागि संगठित हुन आग्रह गरे ।

युनियन अध्यक्ष प्रेमकुमार नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगी, हिमालय आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा. इलिया श्रेष्ठ, युनियनका केन्द्रीय सदस्य गोविन्दनाथ योगी, नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियन मनिपाल अध्यक्ष अमृत पौडेल लगायतले बोलेका थिए । युनियन उपाध्यक्ष पार्वती गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव अनिलकुमार सिंहले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width