गण्डकी प्रदेशसभामा ४ जना दोहोरिए

धनबहादुर गुरुङ
मंसिर १२, २०७९
Samsad

पोखरा । गण्डकी प्रदेश सभाको प्रत्यक्ष ३६ सिटमा धेरै नयाँ अनुहार आएका छन् । ३४ सिटको टुंगो लाग्दासम्म कांग्रेसले १६, एमालेले १२, माओवादीले ५, स्वतन्त्र १ सांसद छन् । यीमध्ये ३० जना नयाँ अनुहार हुन् ।

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ १७ सिट एमाले, ९ माओवादी, ६ कांग्रेस २ जनमोर्चासहित तत्कालीन नयाँशक्ति पार्टी र स्वतन्त्रले १/१ सिट जितेका थिए । तीमध्ये प्रत्यक्षबाट जितेका ९ सांसद दोहोरिन खोजेका थिए । यस्तै समानुपातिक तर्फबाट सांसद बनेकी मिना गुरुङ पनि दोस्रो कार्यकालका लागि चुनावी मैदानमा थिइन् । उनीहरुमध्ये ४ जनामा मात्र दोहोरिएका छन् ।

मनाङबाट स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे अहिले पनि स्वतन्त्र रुपमै दोहोरिएका छन् । उनको क्षेत्रमा उनीमात्र उम्मेद्वार रहेकाले उनी निर्विरोध भए । माओवादी तर्फ तनहुँ १ (ख) का हरिबहादुर चुमान र कास्की १ (क) का दीपक कोइराला चुनावी मैदानमा थिए । मत परिणाम अनुसार माओवादीका चुमान तनहुँ १ (ख) बाट निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका विन्दुकुमार थापा कास्की २ (ख) बाट दोहोरिएका छन् । नेकपा एमादेका तनहुँ १ (क) का रामबहादुर गुरुङ, कास्की ३ (ख) का राजीव पहारी, स्याङ्जा २ (क) का मोहन रेग्मी, नवलपुर १ (ख) का रोशन गाहा थापा र मुस्ताङ (क) का इन्द्र धारा विष्टले दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिएका थिए । उनीहरुमध्ये रोशन गाहा निर्वाचित भएका छन् भने स्याङ्जा १(क) मा मतणना हुन सकेको छैन् । यसबाहेक केही पूर्व समानुपातिक सांसद मीना गुरुङले कास्की २ (ख) बाट उम्मेदवारी दिए पनि कांग्रेसका विन्दुकुमार थापासँग पराजय भोगिन् । उनीबाहेक राष्ट्रिय जनमोर्चाकी पियारी थापा यो पटक पनि समानुपातिकबाट दोहोरिने दाउमा छन् ।

कांग्रेसका बिन्दुकुमार थापा, माओवादीका हरिबहादुर चुमान, एमालेका रोशन गाहा मगर र स्वतन्त्र राजीव गुरुङ दोहोरिएका छन्

यो पटक सबैभन्दा बढी नेपाली कांग्रेसबाट नयाँ अनुुहारले गण्डकी प्रदेश सभामा उपस्थिति जनाएका छन् । कांग्रेसका विन्दुकुमार थापाबाहेक निर्वाचित सबै नयाँ हुन् । कांग्रेसको समानुपातिक सूचीमा रहेका नाम पनि अघिल्लो पटक संसद नछिरेकाहरुको नै छ ।

एमालेबाट स्याङ्जाका मोहन रेग्मीको क्षेत्रमा मतगणना हुन सकेको छैन् । भने, निर्वाचित १२ मा २ जनाले दाहो¥याउने निश्चित भएको हो । एमालेको समानुपातिक सूचीमा पनि नयाँ अनुहार नै छ । यस्तै माओवादी केन्द्रबाट हरिबहादुर चुमान बाहेक सबै नयाँ छन् ।

प्रदेशमा निर्वाचित केही प्रतिनिधि र राष्ट्रिय सभामा अनुभव लिइसकेकाहरु पनि छन् । कास्की १ (क) बाट निर्वाचित खगराज अधिकारीसँग प्रतिनिधि सभा र केही दिन गृहमन्त्रीको अनुभव छ । गोरखा २ (ख) बाट विजयी भएका सुरेन्द्रराज पाण्डे राष्ट्रिय सभाका पूर्व सदस्य हुन् । उनीहरु बाहेक समानुपातिक सूचीमा रहेका नेताहरु पूर्व सांसद भइसकेकाहरु पनि छन् ।

यसबाहेक गण्डकीका केही पूर्व सांसद अहिले संघको समानुपातिक सूचीमा पनि परेका छन् । भने, नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा तर्फ लागे । नेकपा एमालेका किरण गुरुङ र नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल जीवन प्रतिनिधि सभा जान खोजे पनि पराजित भए ।

Related News

सम्बन्धित समाचार

hero news full width