पोखरा । कवि ज्योति जंगलको कविता कृति ‘आधा शिर उचालेर’ माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ ।
कविता क्लब नेपालको आयोजनामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै नेपाली लेखक संघ, गण्डकी अध्यक्ष डा. ईश्वरमणि अधिकारीले ज्योतिले कवितामा जीवन र जगत् लेखेकी बताए । नारी जीवनका उतारचढावको कलात्मक चित्रण कृतिमा गरिएको बताउँदै डा. अधिकारीले समाजले नारीप्रति गरेको नकारात्मक व्यवहारप्रति शालीन विद्रोह कविताले गरेको भनाइ राखे । ‘सरलता, सघनता र त्यसमा मिसिएर आउने भावनाको तीव्रता, शैली र शील्पगत मौलिकता र अनुभूतिजन्य गहनता उनका कविताका प्राप्ति हुन्,’ अधिकारीले भने, ‘आधा शिर उचालेर राम्रो कविता सञ्चयन हो ।’
अर्का समीक्षक ¥याण्डम रिडर्स सोसाइटी सदस्य नेपालप्रकाश अधिकारीले ‘आधा शिर उचालेर’ कृति कविताको सुन्दर घर भएको धारणा राखे । कविताको घरमा भएका अनेकौं झ्याल, ढोकाहरूबाट फरक फरक दृश्य देख्न सकिने भन्दै अधिकारीले त्यही घर बनाउन कुर्बानी गरेका कैयौं दिदीबहिनी, भाउजू र आमाहरूको जीवनमा आएका अवरोधप्रति विद्रोहको प्रस्तुति कवितामा आएको बताए ।
कविता क्लबका संस्थापक अध्यक्ष कवि रमेश श्रेष्ठले कवितालाई कविले जीवनलाई जत्तिकै माया गर्नुपर्नेमा जोड दिए ।
कवि ज्योति जंगलले कवितालाई समाजसँग जोडेर लेख्ने प्रयास गरेको अनुभव सुनाइन् । उनले कवितालाई सस्तो सामान बन्नबाट जोगाउन आफू प्रयत्नशील रहेको भन्दै समाजमा सबै वर्गका मानिसलाई पूरा शिर उचालेर बाँच्ने परिस्थितिको सिर्जना होस् भन्ने चाहना कवितामा प्रस्तुत गरेको बताइन् ।
विराटनगरकी कवि जंगलको यसअघि ‘पहाडको मन’ र ‘मुक्त समय’ गरी २ कविता संग्रह, ‘अक्षरमा तिमी’ गजल संग्रह तथा ‘छाया’ कथा संग्रह प्रकाशित छन् । सांग्रिला बुक्सद्वारा प्रकाशित कृतिमा ४३ ओटा कविता संग्रहित छन् । कविता क्लबका संस्थापक अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्यकार रुपिन्द्र प्रभावीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मुक्तक : लोकप्रिय तर हेपिएको विधा
२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
डा. पुष्पालाई इन्द्र–हुमा वाङ्मय सम्मान
लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीमा राजन कार्की
नाटक महोत्सवमा स्कुले विद्यार्थीको प्रतिभा
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९