पोखरा । लमजुङ र छिमेकी जिल्लामा समेत प्रचलित ठाडोभाका लोकगीतसम्बन्धी अनुसन्धानात्मक पुस्तक लमजुङे ठाडोभाका प्रकाशित भएको छ । प्रज्ञा प्रतिष्ठानको लोकसंगीत विभागको स्वीकृत कार्यक्रमअन्तर्गत पूरा भएको अनुसन्धानपत्रलाई पुस्तकको स्वरुप दिई प्रकाशन गरिएको हो । दुरा जातिमा प्रचलित ठाडोभाका संरक्षण, सम्वद्र्धन र अभिलेखीकरण गर्ने उद्देश्यका साथ पुस्तक प्रकाशन गरिएको बताइएको छ ।
अनुसन्धाता मुक्तिनाथ घिमिरेले आव २०७६/७७ मा लोकसंगीत विभागको अनुसन्धान परियोजना अन्तर्गत तयार पारेको अनुसन्धानपत्रलाई प्रतिष्ठानले पुस्तकको रुप दिई प्रकाशन गरेको हो ।
पुस्तकलाई ५ अध्याय र परिशिष्ट खण्डमा विभाजन गरी प्रस्तुत गरिएको छ । जसमा ऐतिहासिक पृष्ठभूमि, दुरा जातिको परिचय, वासस्थान र तथ्यांक, दुरा जातिका संस्कार, धर्म तथा परम्परा, दुरा जातिको संस्कृति, लमजुङे ठाडोभाका गीतको चिनारी, उत्पत्ति र विकास तथा ठाडोभाका गीतका विशेषताका बारेमा उल्लेख छ ।
लोकसंगीत विभाग प्रमुख प्राज्ञ हरिदेवी कोइरालाले पुस्तकमा साहित्यिक, भाषिक, सांगीतिक, नाटकीय, दार्शनिक, मनोवैज्ञानिक, अस्तित्ववाद, शैक्षिक, समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोण समेतको विश्लेषण गरिएको बताइन् । ठाडोभाकाका सर्जक देउबहादुर दुरादेखि आधुनिक पुस्ताका युवाका गीतसमेत समेटेर त्यसको विश्लेषण गरिएको प्राज्ञ कोइरालाले बताइन् ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९