लमजुङ । सुन सफा गरिदिने बहानामा ठगी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय विवेक कुमार हुन् । प्रहरीका अनुसार उनले ठगेको सुनका गहनाको बिगो करिब ३ लाख पुग्ने छ ।
मस्र्याङदी गाउँपालिका–३, खुँदी बजारमा सुनको गरगहना सफा गरी चम्कने बनाई दिन्छु भनी उनले स्थानीय ३ जना महिलाको सुनको सिक्री तथा ब्रासलेट खोल्न लगाई रासायनिक पदार्थबाट सुन सफा गरी तौल कम पारेका हुन् ।
निजलाई खुँदी बजारबाट स्थानीय प्रहरी चौकीका प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
निजलाई लमजुङ जिल्ला अदालतबाट शुक्रबारबाट लागु हुने गरी दिन ७ को म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको छ ।
सूचना अधिकारी रेग्मीले भने, ‘अहिले ३ जना महिलाको उजुरी परेको छ । थप ४÷५ जनाको उजुरी आउने खबर प्राप्त भएको छ । ती सबैको बिगो करिब ३ लाख पुग्ने अनुमान छ ।’
सुन तथा अन्य गरगहना सफा गरी टल्काईदिन्छु भनी ठगी गर्न सक्ने हुँदा त्यस्ता व्यक्तिहरूसँग सचेत रहन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।
Related News
सम्बन्धित समाचार
मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने ८ जना पक्राउ
कामना सेवाका सिइओ पक्राउ
एकै रातमा १२ ठाउँमा चोरी
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
प्रहरी हुँ भन्दै ७ लाख ठगी
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९