पोखरा । गण्डकी प्रदेशसभामा ६० सिट कायम छ । संविधानले व्यवस्था बमोजिम प्रदेश संसदमा ३३ प्रतिशत महिला सहभागिता पुर्याउन कम्तीमा २० जना महिला चाहिन्छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ अन्तर्गत प्रदेशतर्फ प्रत्यक्षमा ३६ सिटमध्ये ३४ क्षेत्रका मतपरिणाममा २ जना महिलाले मात्र चुनाव जितेका छन् । गणना हुन बाँकी स्याङ्जा क्षेत्र २(१) र (२) मा महिला उम्मेदवार नै नभएकाले प्रत्यक्षमा महिला सहभागिता २ मै सीमित भयो ।
यसैले गण्डकी प्रदेश सभामा ३३ प्रतिशत अर्थात् २० जना महिला सहभागिता पुर्याउन १८ जना समानुपातिक प्रणालीबाटै लैजानुपर्ने बाध्यता छ ।
मंसिर ४ को चुनावमा गण्डकीमा प्रत्यक्षतर्फ ३६ सिटमा २ सय ३५ जनाको उम्मेदवारी परेको थियो । जसमा दलसहित स्वतन्त्र गरी २९ महिला प्रतिस्पर्धा थिए । प्रदेशको सबै क्षेत्रमा पाँचदलीय गठबन्धन र नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुने निश्चित जस्तै थियो । तर, तिनै प्रमुख दल मानिएका पार्टीबाट कमै महिलाले अवसर पाए । यसबाट दलहरुले प्रत्यक्षतर्फ महिलालाई अवसर दिन अनुदार भएको प्रष्ट हुन्छ । यसको अर्थ प्रमुख राजनीतिक दलले महिला उम्मेदवारलाई विश्वास गरेनन् ।
गण्डकीमा एमालेले ३ महिलालाई प्रत्यक्षमा उम्मेदवार बनायो । पाँचदलीय गठबन्धनतर्फबाट मात्र १ जना महिला चुनावमा होमिए ।
एमालेले कास्की २ (२) मा मीना गुरुङ, स्याङ्जा १ (१) मा सीता सुन्दासलाई उम्मेदवारी बनाएको थियो । साथै एमालेले नवलपुर २(१) बाट पदमा जिसीलाई अघि सारेको थियो । तीमध्ये सीता सुन्दास र पदमा जिसी निर्वाचित भए । मीना गुरुङ पराजित भइन् । सुन्दासले माओवादीकी अमृता थापामगरलाई पराजित गरेकी हुन् । सुन्दासले १४ हजार ६ सय ९० मत प्राप्त गर्दा थापाले १३ हजार २ सय ६७ मत ल्याइन् । पदमाले माओवादी केन्द्रका सौगमकुमार सिरपालीलाई ४ हजार ६ सय ३८ मतले पराजित गरेकी हुन् । जिसीले १९ हजार ९ सय ३६ मत ल्याउँदा सिरपालीले १४ हजार ७ सय ५८ मत ल्याइन् ।
गण्डकी प्रदेशसभामा प्रत्यक्षमा महिलातर्फ एमालेका २ जना उम्मेदवारले मात्र चुनाव जिते
गठबन्धनको अर्काे दल माओवादी केन्द्रले स्याङ्जा १(१) मा अमृता थापामगरले मात्र उम्मेदवारी दिएकी थिइन् । त्यस्तै, एकीकृत समाजवादीकी कलिला खातुनले तनहुँ १(२) बाट उम्मेदवारी दिए पनि माओवादी केन्द्रका हरिबहादुर चुमानलाई चुनावमा सघाएर ब्याक भइन् । कांग्रेसले पाएको २१ ओटै क्षेत्रमा पुरुष उम्मेदवार उठायो । एकीकृत समाजवादीका २ सिटमा पनि पुरुष नै उम्मेदवार थिए ।
प्रदेशसभामा २ सिट जितेको एमालेलाई समानुपातिकमा ३३ प्रतिशत महिला पुर्याउन केही सहज देखिन्छ । तर, ठूलो दल कांग्रेस र माओवादीलाई सकस छ ।
२०७४ को चुनावमा समानुपातिकमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र तत्कालीन नयाँ शक्तिसँगै जनमोर्चाले १÷१ सिट जितेका थिए । अहिले पनि सोही आंकडाको केही सिट तलमाथि हुने देखिन्छ । त्यसबेला २ मात्र महिला सांसदले प्रत्यक्षमा चुनाव जितेका थ्एि । बाँकी सबै समानुपातिक कोटाबाट आएका हुन् ।
चुनावमा दलको सिन्डिकेट अद्यापि छ । त्यो तोडेर बाहिर आउन नसकेको महिलानेतृहरु नै गुनासो गर्छन् । दलहरुले महिलालाई अवसर नदिएर अन्याय गरेको प्रतिक्रिया सामाजिक सञ्जालमा आइरहेका छन् ।
संघमा गण्डकीबाट विद्यामात्र
गण्डकीबाट प्रतिनिधि सभा सदस्यमा १ मात्र महिला निर्वाचित भएकी छिन् । १८ सिट रहेको गण्डकीमा एमालेकी विद्या भट्टराई कास्की २ बाट निर्वाचित भएकी हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेललाई पराजित गर्दै दोस्रो पल्ट सांसद बनेकी हुन् ।
गण्डकीबाट एमालेले प्रतिनिधि सभाका ३ महिलालाई अघि सारेको थियो । जसमा विद्यासहित स्याङ्जा २ मा पद्मा अर्याल र बागलुङ २ मा मञ्जु शर्मा चालिसेलाई उठाएको थियो । स्याङ्जा २ को नतिजा आउन बाँकी छ ।
ठूला अन्य दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गण्डकीबाट महिलालाई स्थान नै दिएनन् । तर कुल १ सय ९६ उम्मेदवारमध्ये एमाले, अन्य साना दल स्वतन्त्र गरी २० महिला उम्मेदवार थिए ।
प्रतिनिधि सभामा पनि ३३ प्रतिशत महिला सहभागिता पुर्याउन समानुपातिककै भर पर्नुपर्ने हुन्छ । प्रतिनिधि सभामा कुल २ सय ७५ सिटमा ३३ प्रतिशत महिला सहभागिता पुर्याउन कम्तीमा ९२ महिला सांसद आवश्यक पर्छ । तर प्रत्यक्षतर्फ १ सय ६५ सिटमा १ सय ५० सिटको टुंगो लाग्दा ८ जना महिलामात्र निर्वाचित भइसकेका छन् ।
जसमा कास्कीबाट विद्या भट्टराई, धनुषा ३ बाट जुलीकुमारी महतो र बारा ३ बाट ज्वालाकुमारी महतो निर्वाचित भएकी छिन् । रास्वपा काठमाडौं २ मा सोविता गौतम र ललितपुर ३ मा तोसिमा कार्की विजयी भए । कांग्रेसकी सीता गुरुङ तेह्रथुम १ बाट निर्वाचित भइन् । माओवादी केन्द्रकी रेखा शर्मा दाङ २ बाट र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ कैलाली १ बाट निर्वाचित भए ।
Related News
सम्बन्धित समाचार
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९