पोखरा । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत गण्डकीका ५ जिल्लामा एमाले ‘क्लिन स्वीप’ भएको छ । गोरखा, बागलुङ र म्याग्दीमा गठबन्धन सबैभन्दा बढी सफल देखियो । मनाङ र मुस्ताङमा समेत गठबन्धन साथले कांग्रेस उम्मेदवार विजयी भए ।
अघिल्लो चुनावमा प्रत्यक्षतर्फ ६ जिल्लामा कांग्रेस ‘निल’ भएको थियो । बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङ, लमजुङ र तनहुँमा कांग्रेसले प्रदेश सभाका कुनै पनि सिट प्रत्यक्षमा जितेको थिएन । यो चुनावको नतिजा २०७४ भन्दा ठ्याक्कै उल्टो भएको छ ।
स्याङ्जा २ को मतगणना अझै सुरु भएको छैन । त्यसबाहेकका प्रतिनिधिसभा १७ र प्रदेश सभाका ३४ क्षेत्र हेर्दा कांग्रेस बलियो हिसाबले पहिलो पार्टी बनेको छ । उम्मेदवारी दिएको १२ सिटमध्ये प्रतिनिधि सभामा कांग्रेसले ९ सिट चुनाव जितिसकेको छ । कास्की १ र पर्वत बाहेकका सिटमा कांग्रेसले जीत निकालेको हो ।
२०७४ मा कांग्रेसले नवलपुर १ मात्रै चुनाव जितेको थियो । डा. शशांक कोइराला कांग्रेसबाट गण्डकीको एक्लो प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए । त्यसबखत १३ सिट जितेको एमाले अहिले ५ सिटमा खुम्चिएको छ । माओवादीले २०७४ मा ३ सिट जितेको थियो । अहिले माओवादीले १ सिटमा मात्रै जीत निकालेको छ । समग्रमा गठबन्धनका कारण गण्डकीमा कांग्रेसले २०७४ को नतिजा उल्ट्याउँदै एमालेसँग बदला लिएको छ । प्रदेश सभातर्फ पनि कांग्रेसले निकै ठूलो सुधार गर्दै १६ सिट जितिसकेको छ ।
एमालेले १२ सिट जित्दा माओवादी ५ सिटमा खुम्चिएको छ भने १ सिट स्वतन्त्र सांसदले जितेका छन् । अघिल्लो चुनावमा एमालेले १७ सिट प्रत्यक्ष चुनाव जितेको थियो । माओवादीले ९ तथा कांग्रेसले ६, जनमोर्चाले २ र तत्कालीन नयाँ शक्तिले १ सिट जितेको थियो । १ सिटमा अहिले सर्वसम्मत निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ले बाजी मारेका थिए । तत्कालीन बामगठबन्धन टुक्रिएपछि अहिले माओवादी कांग्रेससहित ५ दलको साथ लागेर चुनावी प्रतिस्पर्धामा थियो । कांग्रेस–माओवादी–जनमोर्चाको सबैभन्दा सफल जिल्ला बने गोरखा, बागलुङ र म्याग्दी । यहाँका सबै सेटमा गठबन्धन उम्मेदवार विजयी भए । समानुपातिकतर्फ पनि एमाले र कांग्रेसले पुरानै सिट कायम गर्ने सम्भावना छ ।
अघिल्लो चुनावमा एमालेले १० र कांग्रेसले ९ सिट जितेको थियो । माओवादीले ३ सिट, जनमोर्चा र नयाँ शक्तिले १÷१ सिट जितेका थिए । समानुपातिकतर्फ पहिलो बन्ने एमालेले हालसम्म ३ लाख ११ हजार मत कटाइसकेको छ भने कांग्रेसले २ लाख ८८ हजार, माओवादी केन्द्रले १ लाख १२ हजार र राप्रपाले ५४ हजार मत पाएको छ । अघिल्लो संसदमा उपस्थित जनमोर्चा अहिले बाहिरिने सम्भावना छ । जनमोर्चाको ठाउँमा राप्रपाबाट सांसद चुनिने छन् ।
गठबन्धनबिना यहाँ सरकार बनाउन असम्भव भएकोले यसपालि पनि माओवादी नै निर्णायक
निर्वाचनको नतिजाले एउटा लय समातिसकेको छ । मतगणना अन्तिम हुनै लाग्दा अब गण्डकीमा सरकार गठनबारे चर्चा सुरु भएको छ । २०७४ मा एमाले, माओवादी र जनमोर्चासहित दुइतिहाइ समर्थनको सरकार बनाएको एमाले अहिले कमजोर बन्यो । पहिलो पार्टी कांग्रेसले पनि एकल बहुमत पु¥याउने सम्भावना देखिंदैन । त्यसो हुँदा गठबन्धनबिना यहाँ सरकार असम्भव बनेको छ । तर यसपालि पनि माओवादी नै निर्णायक शक्तिको रुपमा स्थापित भएको छ । २७ देखि २८ (गणना बाँकी भएकोले) जित्ने कांग्रेससँग ८ देखि ९ सिट जित्ने माओवादी मिल्दा सहजै सरकार बन्छ ।
तर गठबन्धनमा केही खटपट आएका कारण तलमाथि हुने सम्भावना पनि रहन्छ । यदी माओवादी एमालेसँग मिल्यो भने पनि गण्डकीको सरकार बन्न सक्छ । एमाले २२ देखि २३ सिट र माओवादीको ८ देखि ९ सिट आए राप्रपाको समानुपातिक सिटसहित एमाले सरकारको नेतृत्वमा पुग्न सक्छ । एमालेसँग फुटेर छुट्टै पार्टी बनाएको एकीकृत समाजवादीले प्रदेशमा १ सिट पनि जित्ने सम्भावना छैन । केहीले एमाले र कांग्रेसको मिलाप हुने सम्भावनाको तर्कलाई पनि अघि सारेका छन् । कांग्रेस एमाले मिल्दा दुइतिहाइ बहुमतको सरकार बन्छ । कांग्रेसले नेतृत्व गर्दा गोरखाका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना छ भने उनलाई नवलपुरका महेन्द्रध्वज जिसीले टक्कर दिन सक्छन् । तर पाण्डेलाई कांग्रेस केन्द्रीय नेतृत्वले नै गण्डकीको मुख्यमन्त्री बनाउने गरी प्रदेशमा पठाएको बताइन्छ । उनले गोरखा २ को प्रतिनिधिसभा सदस्यको टिकट मागेका थिए । अघिल्लो पटक राष्ट्रिय सभा सदस्य भएर काम गरिसकेका उनी कांग्रेस केन्द्रीय सदस्य हुन् ।
एमालेले सरकारको नेतृत्व पायो भने खगराज अधिकारी मुख्यमन्त्री हुने छन् । उनी पनि लामो समय केन्द्रीय राजनीतिमा जमेका व्यक्ति हुन् । हाल एमाले केन्द्रीय सदस्य अधिकारीलाई पार्टी नेतृत्वले नै मुख्यमन्त्री बनाउन प्रदेश झारेको बुझिएको छ । उनी पार्टीमा माथिल्लो तहको नेता मानिन्छन् । माओवादी सरकारको नेतृत्वमा पुग्दा तनहुँका हरिबहादुर चुमान मुख्यमन्त्री हुन सक्छन् । यसअघि पनि प्रदेश सांसद र मन्त्री समेत भएर काम गरिसकेका उनलाई माओवादीले सोही क्षेत्रबाट दोहो¥याएको हो । तर यहाँको सत्ता संरचनामा केन्द्रीय राजनीतिले प्रभाव पार्ने छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९