त्रिशूली । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित हुनुभएको छ ।
सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहनुभएका कांग्रेसका उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चारसय ७७ र नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याउनुभयो । यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग दश हजार मतान्तरले पराजित हुनुभएका केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित हुनुभएको हो ।
यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको कूल ७७ हजार चार मतको आज बिहान सम्पन्न गणनाको नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले एक हजार पाँच सय ७१ मत ल्याउनुभएको छ भने चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित ११ मध्ये अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । यस निर्वाचन क्षेत्रको प्रदेश–२ को गणना जारी छ । रासस
Related News
सम्बन्धित समाचार
कर्मचारीसम्बन्धी २ अध्यादेश स्वीकृत
गण्डकी प्रदेश सभामा नवनिर्वाचित सदस्यले लिए सपथ
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराद्वारा पदबहाली
कांग्रेस संसदीय दलको नेताका लागि देउवाको उम्मेदवारी, प्रस्तावक रामचन्द्र पौडेल
गण्डकी प्रदेशमा १५ गतेभित्रै संसद बैठक, त्यसपछि सरकार गठन प्रक्रिया
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९