लेखनाथ । आगामी पुस ७ गतेदेखि१८ गतेसम्म लेखनाथमा सञ्चालन हुने १८ औं संस्करणको लेखनाथ महोत्सवलाई लेखनाथका विभिन्न महिला तथा आमा समूहहरुले सघाउने भएका छन् ।
अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसको अवसर पारेर संघले आयोजना गरेको छलफल तथा अन्तक्र्रियामा सहभागी विभिन्न आमा समूह तथा महिला समूहका प्रतिनिधिहरुले लेखनाथ महोत्सव लेखनाथवासीहरुका लागि ठूलो चाड भएको बताउँदै यसलाई सफल बनाउन सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले आमा समूहको सहभागिता र सक्रियतामा आयोजना गरिने झाँकी र्यालीले महोत्सवको फरक पहिचान बनेको बताउँदै यसले महोत्सव सफल बनाउन संघलाई ठूलो उत्साह र प्रोत्साहन मिलेको बताएका थिए ।
उनले महिलाहरुको क्षमता विकासका साथै आर्थिक क्षेत्रमा क्रियाशील बनाउन संघले विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि निरन्तरता दिने बताएका थिए ।
महोत्सवका मूल संयोजक एवं संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथ महोत्सव उद्योगी व्यवसायीको मात्र नभई यस क्षेत्रका सम्पूर्ण संघ संस्थाको पनि भएकाले महोत्सवलाई सभ्य एवं भव्य रुपमा सफल बनाउन सम्पूर्ण संघ संस्थाको सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरेका थिए ।
उनले महोत्सवमा स्थानीय महिला उद्यमी एवं दिदीबहिनीले उत्पादन गरेका घरेलु एवं हस्तकलाका सामानहरु एवं विभिन्न उत्पादनका लागि निशुल्क रुपमा केही स्टलहरुको समेत व्यवस्था गरिने बताए । उनले महिलाहरुको क्षमता विकासका लागि संघले विभिन्न तालिमहरु सञ्चालन गर्ने र यसको लागि सिटिइभिटीसँग एमओयु पनि गरिसकेको जानकारी दिए ।
महोत्सवको संघ संस्था तथा महिला÷आमा समूह परिचालन उप–समिति संयोजक जानुका अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न आमा समूह, महिला समूह, टोल विकास संस्थाका गरी ७० जनाभन्दा बढी महिलाको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीले अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण महिला दिदी बहिनीहरुले मंहिला हिंसाविरुद्ध आवाज बुलन्द गर्नुपर्ने र पुरुषवर्गले पनि महिला हिंसा रोकथाम र अन्त्यका लागि हातेमालो गर्नुपर्ने बताएका थिए ।
उक्त अवसरमा ५ वर्षअघि प्युठानबाट पोखरा आएर विभिन्न संर्घषहरु झेल्दै अहिले महिला निर्माण व्यवसायीको रुपमा पहिचान बनाउन सफल धनी रानामगरले आफ्ना विभिन्न अनुभव सुनाएकी थिइन् ।
महिला परिचालन उप–समितिकी सह–संयोजक पार्वतीदेवी थापाले धन्यवाद व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन संघका महासचिव उपेन्द्रराज सुवेदी ‘राजु’ ले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९